अमेरिकामा पेट्रोलियम पदार्थको मूल्य ऋणात्मक, किन्नेले पाउँछ पैसा « Khabarhub

अमेरिकामा पेट्रोलियम पदार्थको मूल्य ऋणात्मक, किन्नेले पाउँछ पैसा


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनले सवारी साधन र उद्योग धन्दा ठप्प हुँदा इन्धन खपतमा आएको गिरावटले अमेरिकामा पेट्रोलियम पदार्थको मूल्य पहिलो पटक ऋणात्मक भएको छ ।

पेट्रोलियम पदार्थको खपत नभएपछि उत्पादकहरुले भण्डारण क्षमता कायमै राख्नका लागि क्रेतालाई उल्टै भुक्तानी दिन थालेको बीबीसीले जनाएको छ ।

भण्डारण क्षमता आउँदो मे सम्ममा समाप्त हुने भएका कारण उत्पादकले तेल खरिदवापत क्रेतालाई नै पैसा तिर्न थालेका हुन्।

तेलको माग अत्यन्तै कम भएपछि उत्पादकहरुले ट्यांकरहरु भाडामा लिएर तेल भण्डारण गर्न थालेका छन् । जसका कारण अमेरिकी बजारमा तेलको मूल्य ऋणात्मक भएको हो ।

अमेरिकामा तेलको मूल्य निर्धारण गर्ने वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) मा तेलको मूल्य माइनस ३७.६३ अमेरिकी डलर प्रति ब्यारेल पुगेको छ ।

सोमवार तेलको मूल्यमा गिरावट देखिनुमा विश्व तेल बजारको प्राविधिक पक्षको पनि भूमिका रहेको विश्लेषण गरिएको छ।

मे महिनाका सम्झौताको म्याद मङ्गलवार सकिँने भएकाले व्यापारीहरू तेलको थप वितरण लिएर भण्डारण खर्च गर्नबाट जोगिन लागि आफूसँग रहेको तेल खरिदबापत उल्टै क्रेतालाई भुक्तानी दिएको बताइएको छ ।

जुन महिनाको सम्झौताका आधारमा कारोबार भइरहेको ब्रेन्ट क्रुड भनिने अन्तर्राष्ट्रिय मापदण्डको तेलको मूल्यमा पनि गिरावट आएको छ।

८.९ प्रतिशतले तल झर्दै उक्त तेलको मूल्य प्रतिब्यारेल २६ अमेरिकी डलर पुगेको छ। लकडाउन जारी रहे अमेरिकामा तेलको जुन महिनाको मूल्यमा पनि गिरावट आउन सक्ने जानकारहरूले बताएका छन्।

केही हप्ताअघि तेल उत्पादक देशहरूको सङ्गठन ओपेक र अरु सहयोगी राष्ट्रहरूबीच आउँदो मे महिनाबाट लागु हुने गरी प्रतिदिन १० प्रतिशतले तेल उत्पादन कटौती गर्ने सहमति भएको थियो।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ७ : ०७ बजे

निर्वाचन सामग्री र मतपत्र पचहत्तर जिल्लामा पुर्‍याइयो

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

प्रतिनिधिसभा निर्वाचन : कास्की–२ मा त्रिपक्षीय भिडन्त हुँदै

गण्डकी– कास्की क्षेत्र नं २ मा १७ जना उम्मेदवार चुनावी

एमालेको चुनावी पोस्टरबाट केपी ओली आउट !

काठमाडौं– नेपाली कांग्रेसको चुनावी अभियानमा बनाइएका पोस्टरमा पार्टी सभापति गगन

होलीमा ‘जोगिरा’ सुनिन छाड्यो, संस्कृतिप्रेमीहरू चिन्तित

धनुषा– वसन्त ऋतुको आगमनसँगै मिथिलाञ्चलका गाउँटोलमा गुञ्जिने होलीको सुमधुर धुन

कास्कीका मतदान अधिकृतलाई अभिमुखीकरण तालिम सुरु

काठमाडौं– कास्की जिल्लामा आगामी हुने स्थानीय निर्वाचनमा खटिने मतदान अधिकृत