सोमबार जारी भएका अध्यादेश संविधानविपरित : बरिष्ठ अधिवक्ता त्रिपाठी « Khabarhub

सोमबार जारी भएका अध्यादेश संविधानविपरित : बरिष्ठ अधिवक्ता त्रिपाठी


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले सोमबार जारी गरेका राजनीतिक दल र संबैधानीक परिषद् सम्बन्धीका अध्यादेश संविधानविपरित भएको बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताएका छन् ।

त्रिपाठीकाअनुसार सोमबार जारी अध्यादेश प्रथमदृष्टि मै संबिधानमाथि गरिएको गम्भीर धोखाधडी हो I

जारी अध्यादेशबाट संविधानको धारा २८४ को ठाडै बर्खिलाफ भएको छ भने सरकारले संविधानको धारा ११४ को पनि ब्यापक दुरुपयोग गरेको उनले बताएका छन् I

अध्यादेश जारी गर्ने धारा अपवादको अवस्थामा आकर्षित हुने बताउँदै त्रिपाठिले भने, ‘यो सदनको बैठक नबसेको बेलामा तत्काल उपस्थित कुनै गम्भीर आवश्यकतालाई सम्बोधन गर्न अपवादको रूपमा जारी गरिन्छ I’

लोकतान्त्रिक प्रणाली भएको मुलुकमा कानून निर्माण गर्ने कार्य संसदको भएको स्मरण गराउँदै उनले कार्यपालिकाले कानून निर्माण गर्नु शक्ति पृथकीकरणको सिद्दान्तको प्रतिकूल भएको बताएका छन् ।

लिखित संबिधान भएको मुलुकमा संसदको शक्ति पनि सीमित हुने बताउँदै त्रिपाठीले भनेका छन्, ‘संसदलाई पनि संविधानको बर्खिलाफ कुनै कानून पारित गर्ने अधिकार हुँदैन I लिखित लोकतान्त्रिक संबिधान भएको मूलुकमा संबैधानिक सर्वोच्चतालाई स्वीकार गरिन्छ एवं राज्यका सबै निकायहरुलाई संविधानको मातहतमा राखिएको हुन्छ I’

व्यवस्थापिकालाई समेत संविधानको अक्षर एवं मर्मको बिरुद्द कानून निर्माण गर्ने सक्षमता प्राप्त नभइरहँदा कार्यपालिकाले संविधानको प्रावधानलाई नै निष्क्रिय गर्ने  अध्यादेश जारी गरिनु संबैधानिक लोकतन्त्रको मर्म एवं भावनामाथि गरिएको गम्भीर प्रहार भएको उनको ठहर छ ।

सरकारले सोमबार ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशमा राजनीतिक दल फुटाउन सहज हुने गरीको प्रावधान राखिएको छ भने संबैधानिक परिषद्मा विपक्षी दलको नेताको अनुपस्थितिमा पनि निर्णय गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ८ : १९ बजे

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक