बाँकेमा थुनुवाको कोरोना परीक्षण « Khabarhub

बाँकेमा थुनुवाको कोरोना परीक्षण


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका थुनुवाको कोरोना संक्रमण जाँच शुरु गरिएको छ । थुनुवालाई अदालतमा पेश गर्दा अनिवार्य कोरोना परीक्षण रिपोर्ट संलग्न हुनुपर्ने अदालतको आदेशानुसार आरडिटीमार्फत कोरोना संक्रमण जाँच गरिएको हो ।

हिरासतमा रहेका नौ थुनुवाको ‘आरडिटी’ जाँच गरिएकामा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । थुनुवासँगै गएका एक प्रहरीको समेत ‘आरडिटी’ जाँचमा रिपोर्ट नेगेटिभ देखिएको मुद्दा फाँट इञ्चार्ज प्रहरी निरीक्षक हृदयेश सापकोटाले जानकारी दिए ।

प्रहरीको हिरासतमा रहेका थुनुवाको थुनछेक बहसअघि ‘आरडिटी’ जाँच गर्न शुरु गरिएको उनले बताए ।

गम्भीर प्रकृतिका अपराधका २९ थुनुवाको थुनछेक बहसअघि ‘आरडिटी’ गर्नुपर्ने भए पनि किटको अभावमा पहिलो पटक नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाको पहलमा नौ जनालाई मात्र जाँच गरिएको प्रहरी निरीक्षक सापकोटाले बताए ।

प्रहरीले सामान्य मुद्दाका थुनुवालाई हाजिरी जमानीमा छाडिसकेको छ । अहिले हिरासतमा गम्भीर अपराधका थुनुवा मात्रै छन् । स्वास्थ्य कार्यालयसँग आरडिटी किट माग गर्दा क्वारेन्टाइनमा बसेकालाई मात्र भन्ने निर्देशन भएकाले किट उपलब्ध गराउन नसकिएको प्रहरी निरीक्षक सापकोटाले बताए ।

स्वास्थ्य कार्यालय प्रमुख धीरजंग शाहले क्वारेन्टाइनमा राखिएकालाई मात्र जाँच गर्न प्रदेशबाट किट उपलब्ध गराइएको र त्यो अपुग भएकाले प्रहरीलाई दिन नसकिएको बताए। उनले क्वारेन्टाइनमा रहेकालाई ६३५ किट आवश्यक पर्नेमा प्रदेशबाट ६ सय मात्र आएको जानकारी दिए ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ८ : ३४ बजे

रुस-युक्रेन युद्धको विरोधमा भ्याटिकन सिटीको चर्च अगाडी नग्न प्रदर्शन

भ्याटिकन सिटी – रुस-युक्रेन युद्ध अझै जारी रहेको बखतमा एउटा

अत्यधिक गर्मीले रौतहटका विद्यालय एक हप्ता बन्द

रौतहट – अत्यधिक गर्मी बढेको भन्दै रौतहटमा एक हप्ताका लागि

मध्यमस्तरको बजेट आयो

सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब

अदाले गरिन् ४० घण्टासम्म पानी नपिएर सुटिङ 

मुम्बई – फिल्म ‘द केरला स्टोरी’की अभिनेत्री अदा शर्माले फिल्मको

विपद् उद्धारका लागि थप २० गोताखोर प्रहरी तयार

काठमाडौँ – सरकारको उद्देश्यअनुरुप सशस्त्र प्रहरी र नेपाल प्रहरीले गोताखोर