कोरोनाको गलत सूचना पोष्ट गर्नेलाई फेसबुकको चेतावनी सन्देश « Khabarhub

कोरोनाको गलत सूचना पोष्ट गर्नेलाई फेसबुकको चेतावनी सन्देश


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फेसबुकमार्फत कोरोना भाइरसका गलत सूचना फैलाउने प्रयोगकर्तालाई फेसबुकले चेतावनी सन्देश पठाउने भएको छ ।

भ्रामक समाचार पोष्ट गर्ने तथा पढ्ने प्रयोगकर्तालाई अब फेसबुकले नै अलर्ट पठाउने भएको हो ।

सामाजिक सञ्जालका माध्यमबाट कोरोना भाइरसबारका गलत सूचना अनियन्त्रितरुपमा सार्वजनिक भएको गुनासो बढिरहँदा फेसबुकले यस्तो घोषणा गरेको हो ।

फेसबुकमा कोरोनाभाइरसका झुटा सामग्रीहरु लाइक, कमेन्ट तथा शेयर गर्ने प्रयोगकर्ताहरुको न्युज फिडमा नै चेतावनीपूर्ण सन्देश आउने कम्पनीले जनाएको छ ।

प्रयोगकर्ताहरु भ्रमबाट जोगिउन भनेर फेसबुकले भ्रामक सूचनालाई फेसबुकमा लाइक, कमेन्ट तथा सेयर गरेमा सिधै विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को वेबपेजमा पुग्ने व्यवस्था मिलाइएको छ ।

फेसबुकको भ्रामक समाचार समस्याबारे भ्वाइस नामको समूहले अभियान चलाएपछि फेबसुकले गत बिहिबार यस्तो घोषणा गरेको हो ।

उक्त समूहले १०४ वटा कोरोना सम्बन्धी फेसबुक पोस्ट तथा भिडियोहरुमाथि अनुसन्धान गरेकोमा सबै सबै भ्रामक पाइएको थियो । ती भ्रामक सामग्रीहरु १७ लाखपटक शेयर तथा ११ करोड ७० लाख पटक हेरिएको दावी गरिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ९ : ३८ बजे

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति