लकडाउनका बेला कृषिवस्तु बजारीकरण गर्न आकस्मिक ढुवानी सेवा शुरु गरिँदै | Khabarhub Khabarhub

लकडाउनका बेला कृषिवस्तु बजारीकरण गर्न आकस्मिक ढुवानी सेवा शुरु गरिँदै


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि तथा पशुपक्षीजन्य वस्तु बजारीकरणका लागि आकस्मिक ढुवानी सेवा सञ्चालन गर्ने भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले आकस्मिक ढुवानी सेवा सञ्चालनको निर्णय गरेको हो ।

कोरना भाइरसको रोकथाम तथा नियन्त्रणार्थ नेपाल सरकारले गरेको बन्दाबन्दीले किसानको उत्पादन सहजै बजारीकरण नहुने समस्यालाई सम्बोधन गर्न मन्त्रालयले आकस्मिक ढुवानी सेवाका निम्ति दुईवटा गाडी सञ्चालन गर्ने निर्णय गरेको सहकारीमन्त्री केसीले जानकारी दिइन् ।

‘हामीले यहाँका (तरकारी, दूध, अण्डा, मासु) व्यापारी तथा जिल्ला प्रशासन सुर्खेतलाई राखेर यो निर्णय गरेको छौँ,’ मन्त्री केसीले भनिन्, ‘अब किसानले उत्पादन गरेका तरकारी, दूध, अण्डा र मासुजन्य वस्तुको बजारमा सहज आपूर्ति हुनेछ । यसबाट उत्पादक, व्यापारी र उपभोक्ता सबैले लाभ लिनेछन् ।’ उनले अत्यावश्यक काममा सहजीकरण गर्न प्रशासनलाई अनुरोध गरिएको जानकारी दिइन् ।

कोरोनाको संक्रमण फैलिन नदिन जारी गरिएको लकडाउनका कारण किसानको उत्पादन बजारमा नपुग्दा कुहिएर उनीहरु मारमा पर्ने, यता उपभोक्ताले खान नपाउने अवस्थालाई ध्यानमा राखेर मन्त्रालयले अण्डा, तरकारी, दूध र मासु व्यापारीलाई सहजै किसानसँग सम्पर्क राख्ने व्यवस्था मिलाइएको मन्त्री केसीले बताइन् ।

व्यापारीसँग सहज पहुँच नभएका र कारणवश उत्पादित वस्तु बजार पुर्‍याउन नसकेका किसानको सहजीकरणका लागि पशुपक्षी तथा कृषि विकास निर्देशनालयको गाडीले आकस्मिक ढुवानी सेवा दिने उनको भनाइ थियो ।

यसका लागि दुवै निर्देशनालयमा र्यापिड रेस्पोन्स सेन्टर तत्काल बनाएर काम थालनी हुने उल्लेख गर्दै मन्त्री केसीले भनिन्, ‘यो निर्णय कार्यान्वयनका लागि पशुपक्षी तथा कृषि उपजमा देखापरेका समस्या समधान गर्न मन्त्रालयका निमित्त सचिव हरिप्रसाद पण्डित संंयोजकत्वको गठित कार्यदललाई निर्देशन दिइएको छ । उक्त कार्यदलले विभिन्न बाली तथा तरकारीका बीउ सङ्कलन र भण्डारण गर्नमा समेत सहयोग गर्नेछ ।’

उनका अनुसार बन्दाबन्दीका कारण भोलिको खाद्य सङ्कटलाई रोक्न र बाली भित्र्याउने समयलाई नचुकाउन किसानलाई सामाजिक दूरी कायम गरेर खेतबारीमा काम गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ११ : ३८ बजे

संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक जारी

काठमाडौं– सहारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन

सभामुखले दलका मुख्य सचेतकसँग छलफल गर्दै

काठमाडौं– प्रतिनिभिसभाका सभामुख देवराज घिमिरेले संसद सञ्चालनका विषयमा दलका प्रमुख

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा २५ करोडको लागतमा

महिला सुपर लिग : चेल्सीलाई लगातार पाँचौँ उपाधि

काठमाडौं– महिला सुपर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ ।

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा