लकडाउनका बेला अनुगमन गर्दा भेटिएका अखाद्य वस्तु नष्ट « Khabarhub

लकडाउनका बेला अनुगमन गर्दा भेटिएका अखाद्य वस्तु नष्ट


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताराखोला– बाग्लुङको ताराखोला गाउँपालिकाले लकडाउनबीच पसल अनुगमन गर्दा भेटिएका अखाद्य वस्तु नष्ट गरेको छ । गाउँपालिकाको टोलीले पाँचै वटा वडाका करिब १०० पसलको अनुगमन गरेको थियो ।

लकडाउनका बेला हुन सक्ने अखाद्य वस्तुको बिक्री र उपभोगलाई रोक्न पसल अनुगमन गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । ‘कालो बजारी हुने, म्याद नाघेको सामान बेच्नेजस्ता कार्य हुन हामी दिँदैनौँ,’ उनले भने ।

पसलमा दैनिक उपभोग्य वस्तुको आपूर्तिको अवस्था बुझ्न पनि अनुगमनले सघाएको गाउँपालिकाले जनाएको छ । बरामद गरिएका अखाद्य वस्तुलाई सोमबार नष्ट गरिएको थियो । अनुगमनका क्रममा ८० वटा पसलमा मिति गुज्रेका वस्तु भेटिएका थिए ।

चामल, चिउरा, पेय पदार्थ, चाउचाउ, बिस्कुट, भुजालगायतका वस्तुमा म्याद नाघेको पाइएको थियो । अखाद्य सामग्री राख्ने र बेच्ने व्यवसायीलाई आइन्दा त्यसो नगर्न लिखित रुपमै निर्देशन दिइएको अध्यक्ष घर्तीले बताए ।

पसलबाट खरिद गरिने खाद्य वस्तुको म्याद र गुुणस्तरीयता यकिन गरेर मात्र उपभोग गर्न गाउँपालिकाले सर्वसाधारणलाई सचेत बनाएको छ । सकभर पसलमा पाइने तयारी खानाको प्रयोगलाई घटाउन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  १ : ४० बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको