राहातमा कुहिएको खाद्यान्न बाँडेको आरोपमा कलैया उपमहानगरपालिकाका मेयर पक्राउ | Khabarhub Khabarhub

राहातमा कुहिएको खाद्यान्न बाँडेको आरोपमा कलैया उपमहानगरपालिकाका मेयर पक्राउ


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलया– लकडाउन प्रभावितलाई कुहिएको खाद्यान्न राहातमा वितरण गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिकाका मेयर पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराले सोधपुछका लागि कलैयाका मेयर राजेश राय यादवलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीले मेयर यादवलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए ।

‘कुहिएको खाद्यान्न राहातमा वितरण गरेको सन्भर्दमा हामीले अनुसन्धान गरिरहेका छौं,’ पंगेनीले खबरहबसँग भने, ‘सोही सन्दर्भमा उहाँ (मेयर यादव)लाई नियन्त्रणमा लिएका हौं । अहिले उहाँसँग सोधपुछ भइरहेको छ ।’

कलैया उपमहानगरपालिकाले गत चैत २८ गते वितरण गरेको राहातमध्ये दाल, चामललगायत खाद्यान्न कुहिएको भेटिएको थियो ।

राहातमा वितरण गरिएको खाद्यान्न कुहिएको भेटिएपछि चैत २९ गते जिल्ला प्रशासन कार्यालयले मेयर यादवको घरमा छापा मारेको थियो ।

जिल्ला प्रशासन कार्यालय बाराका अनुसार राहातमा कुहिएको खाद्यान्न वितरण गर्ने प्रकरणमा संलग्न अन्य ७ जनालाई पनि पक्राउ गरिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  २ : २४ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते