गुल्मीदेखि हिँड्दै तीन दिनमा पोखरा… « Khabarhub

गुल्मीदेखि हिँड्दै तीन दिनमा पोखरा…


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- नुवाकोट ककनीका प्रवीण तामाङसहित चार युवा आज बिहान पोखरा महानगरपालिका—३३ बाघमारास्थित सुनसान सडकमा हिडिरहेका थिए ।

गुल्मीदेखि हिँडेका ती युवाको अन्तिम गन्तव्य भने नुवाकोट जिल्लाको ककनी हो । गुल्मीमा घर बनाउने काम गर्दै आएका उनीहरू बन्दाबन्दीका कारण मजदूरी रोकिएपछि समस्यामा परेका हुन् । बन्दाबन्दी शुरु भएपछि पनि केही दिन त उनीहरूलाई खुल्छ की भन्ने आसा थियो । बन्दाबन्दी खुल्ने छाटकाट नदेखिएपछि अन्ततः हिडेरै भएपनि घरसम्म पुग्ने टुङ्गोमा पुगेको उनीहरूले बताए ।

‘शनिबार विहान ८.०० बजे गुल्मीबाट हिडेका हौं, अब तीन दिनसम्ममा ककनी पुग्छौं की भन्ने लागेको छ,’ प्रविण तामाङले भने, ‘खुट्टा दुःखे पनि सहेर हिडेका त छौं, ठाउँ ठाउँमा सुरक्षाकर्मीले रोक्ने भएकाले डराउँदै हिड्नु परेको छ ।’

गुल्मीबाट हिड्दा आफूहरू १२ जनाको समूहमा रहेको अर्का सहभागी कृष्ण तामाङले बताए । उनका अनुसार पहिलो दिन पर्वतको कार्कीनेटा आइपुगेका उनीहरू त्यहीँको जङ्गलमा रात कटाएका थिए ।

‘महामारीको बेला गाउँमा जाँदा पनि त्यहाँका स्थानीयवासीले के भन्छन्, के ठान्छन्, होला जस्तो लाग्यो, त्यसैले जङ्गलमा नै रात कटायौं,’ उनले भने, ‘पानी परेको भए समस्या हुन्थ्यो, धन्न परेन ।’

आइतबार बिहानै हिड्ने क्रममा पर्वतको कार्कीनेटामा सुरक्षाकर्मीले रोकेपछि भने आफूहरू थप समस्यामा परेको उनले सुनाए । जेनतेन त्यहाँबाट फुत्किएर वैकल्पिक बाटो हुँदै अघि बढे पनि १२ जनाको समूहमा हिड्दा अझै समस्या पर्ने देखेर आफूहरू छुट्टाछुट्टै समूह बनाएर हिडेको उनले बताए ।

समूहमा सहभागी सबै जना नुवाकोटका भएको बताउँदै उहाँले आज कास्की र तनहूँ जिल्लाको सीमाना कोत्रे आसपासमा भेट्ने योजना रहेको जानकारी दिए ।

आइतबार दिनभर वैकल्पिक बाटो हिड्दै उनीहरूको समूह स्याङ्जाको फेदीखोलास्थित जिरो किमी आइपुग्यो । त्यहाँ भने उनीहरूलाई ढुङ्गा खोज्दा देवता मिले जस्तै भयो, स्थानीयवासी एवम् निर्माण व्यवसायी रमेशकुमार शर्माले दाल चामल लगायतको खाद्यान्न जुटाइदिएर खाने तथा सुत्ने सबै व्यवस्था गरिदिए ।

सोमबार बिहानै हिडेका उनीहरू बेलुका पोखरा महानगरपालिका वडा नं ३३ स्थित बागमारा आइपुगे । हिँड्दा हिँड्दै थाकेको शरीर, छिप्पिइसकेको रातमा पानी परिरहेका बेला कहाँ ओत लागौं भन्ने चिन्ता रहेका अवस्थामा उनीहरूलाई बागमारा युवा सङ्गम समूह, पानी ट्याङ्की बरेली चोक टोल विकास संस्थामा आवद्ध युवाहरूले बस्ने व्यवस्था गरिदिए पछि भने निकै राहतको अनुभव भएको अर्का युवा युकेस तामाङले बताए ।

कोरोना भाइरसको सङ्क्रमणबाट जोगिने कुरामा आफूहरू सचेत बनेको बताउँदै उनले हिड्ने क्रममा अनिवार्य माक्स लगाउनुका साथै सामाजिक दूरी कायम गरी हिडेको बताए ।

हिड्दा कतै राम्रो त कतै नराम्रो सबै किसिमका व्यवहार देख्दै र भोग्दै अघि बढेको उनको अनुभव छ । आफूहरू अझै न्यूनतम तीन दिन हिड्नुपर्ने बाध्यतामा रहेको बताउँदै उनले भने, ‘हिड्नुपर्ने धेरै छ, ठाउँठाउँमा विभिन्न अवरोध पनि छन्, के गर्नु यसरी हिड्नु हाम्रो रहर हैन बाध्यता हो ।’

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ३ : ०६ बजे

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध