काठमाडौंबाट रित्तै फर्कियो अमेरिकी जहाज « Khabarhub

काठमाडौंबाट रित्तै फर्कियो अमेरिकी जहाज


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही ‘कूटनीतिक सामग्री’ बोकेर नेपाल आएको अमेरिकाको जर्नी एभिएसनको कार्गो जहाज स्वदेश फर्किएको छ । कूटनीति सामग्री ल्याइएको भनिएको उक्त जहाजले करिब ४० किलो सामान ल्याएको विमानस्थलले जनाएको छ । कूटनीतिक भनिएका ती कस्ता सामग्री हुन् भन्ने खुलेको छैन ।

अमेरिकी जहाज मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी सामान झारेर आजै अमेरिका फर्किएको हो । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले कूटनीतिक सामग्री बोकेर आएको अमेरिकी वायु सेवा कम्पनी जर्नी एभिएसनको जहाज स्वदेश फर्किएको बताए ।

अमेरिकाबाट सामग्री लिएर आएको सो जहाज काठमाडौंबाट भने रित्तै फर्किएको छ । यसअघि अमेरिकाले नेपालमा रहेका आफ्ना नागरिक स्वदेश लैजान जहाज पठाउन लागेका बताइए पनि पछि कार्गो जहाज मात्रै आउने निश्चित भएको थियो । रासस

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ३ : ३० बजे

आज २०८२ साल पुस १९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १९ गते शनिबार तदनुसार

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ