सर्वोच्चद्वारा सरकारले ल्याएका अध्यादेशविरुद्ध रिट दर्ता गर्न अस्वीकार | Khabarhub Khabarhub

सर्वोच्चद्वारा सरकारले ल्याएका अध्यादेशविरुद्ध रिट दर्ता गर्न अस्वीकार


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रिपरिषदको निर्णयानुसार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सोमबार जारी २ वटा अध्यादेशविरुद्ध दायर गर्न खोजिएको रिट सर्वोच्च अदालतले दर्ता नगरी फिर्ता पठाइ दिएको छ ।

मंगलबार अधिवक्ता शैलेन्द्र हरिजन राष्ट्रपति कार्यालय समेतलाई विपक्षी बनाइ सोमबार जारी भएका अध्यादेश खारेजका लागि आवश्यक (अन्तिम) आदेश माग गर्दै रिट दायर गर्न सर्वोच्च पुगेका थिए ।

तर, सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको रिट दर्ता नहुने भन्दै अधिवक्ता हरिजनको रिट दर्ता नगरी फिर्ता पठाइदिएको हो । रिट दर्ता नगरे पनि दरपीठ भने गरिएको छैन ।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको रिट दर्ता नहुने भन्दै फाँटबाटै फर्काइएको बताए ।

सर्वोच्च अदालतको पूर्ण वैठकले यसअघि नै अहिलेको अवस्थामा कोरोना भाइरसको संक्रमण तथा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित बाहेक अन्य कुनै रिट (निवेदन) दर्ता नगर्ने निर्णय गरेको थियो ।

सोमबारको मन्त्रिपषिद बैठकको निर्णयानुसार राष्ट्रपति भण्डारीले सोमबार नै संवैधानिक परिषद र राजनीतिक दलसम्बन्धी २ छुट्टा छुट्टै अध्यादेश प्रमाणीकरण गरी जारी गरेकी थिइन् ।

ती अध्यादेशका विषयमा सत्तारुढ नेकपासहित विपक्षी नेपाली कांग्रेसका नेताहरुले समेत विरोध जनाइरहेका छन् । संघीय संसदको प्रमुख प्रतिपक्षी दल कांग्रेसले अध्यादेश फिर्ताका लागि सरकारलाई दवाव दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ५ : १९ बजे

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा

गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो

काठमाडौं – काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा अहिले जलसतहले सतर्कता तह

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ