माधव नेपाल भन्छन्– पार्टी एकतामा आघात पुग्ने काम नगरौं | Khabarhub Khabarhub

माधव नेपाल भन्छन्– पार्टी एकतामा आघात पुग्ने काम नगरौं


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकतामा आघात पुग्नसक्ने काम–कुरा नगर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिन (२२ अप्रिल)को अवसर पारेर मंगलबार एक वक्तव्य जारी गर्दै नेता नेपालले पार्टीलाई विधिका आधारमा अगाडि बढाउन आग्रह गरेका छन् ।

हाल विकसित भएका कतिपय घटनाक्रमले पार्टी भित्र अनेकौं आशंका र चिन्त उत्पन्न भएको पाइएको पनि नेता नेपालले आफ्नो वक्तव्यमा उल्लेख गरेका छन् ।

‘यस्तो अवस्थामा हामीले सिंगो पार्टी पंक्तिलाई भावनात्मक रुपले एकतावद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नु पर्छ । पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउने कुरामा आ–आफ्नो ठाउँबाट योगदान गर्न म सबैमा आग्रह गर्दछु,’ नेता नेपालले आफ्नो वक्तव्यमा उल्लेख गरेका छन् ।

कोरोना भाइरस (कोभिड १९)ले विश्वससहित नेपाललाई आक्रान्त पारिरहेको बेला सरकार तथा सरकारको नेतृत्व गरेको पार्टी र अन्य राजनीतिक दलका नेताको ध्यान पनि महामारीको संक्रमणविरुद्ध लड्ने काममा मात्रै केन्द्रित हुनुपर्नेमा नेपालले जोड दिएका छन् ।

‘यस्तो विषम परिस्थितिमा सरकार र पार्टी कहिँबाट पनि मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने, संविधान र कानून शासनका मान्यतामा प्रहार हुने, अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टीको एकतामा आघात पुग्नसक्ने काम–कुरा हुनुहुँदैन,’ नेता नेपालले भनेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ५ : ३४ बजे

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व संकलन

रसुवा– रसुवा भन्सार नाका हुँदै छिमेकी मुलुक चीनबाट आयात भएका

भिजिट भिसाको विषय कुनै दल र नेताप्रति लक्षित छैन : मनिष झा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणको विषय

पञ्चमी बजारमा रोपिएको नवीन सपना, ‘ऊनको स्वीटर’मा साकार

काठमाडौं – नवीनको जन्म वि‍.सं २०५० सालमा पाँचथरको फाल्गुनन्द गाउँपालिकास्थित

स्वास्थ्यमन्त्रीलाई पीडितको प्रश्न- तपाईँहरूलाई मृत्युको पीडाले पनि पोल्दैन ? 

गत सोमबार रामेछाप अस्पतालका निमित्त प्रमुख डा.केशव श्रेष्ठ सामाजिक सञ्जाल

ऋषिङ र देवघाटमा जलवायुमैत्री कृषि प्रविधिमार्फत खेती

डुम्रे– जिल्लाको ऋषिङ र देवघाट गाउँपालिकामा जलवायुमैत्री कृषि प्रविधि कार्यक्रम