माधव नेपाल भन्छन्– पार्टी एकतामा आघात पुग्ने काम नगरौं « Khabarhub

माधव नेपाल भन्छन्– पार्टी एकतामा आघात पुग्ने काम नगरौं


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकतामा आघात पुग्नसक्ने काम–कुरा नगर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिन (२२ अप्रिल)को अवसर पारेर मंगलबार एक वक्तव्य जारी गर्दै नेता नेपालले पार्टीलाई विधिका आधारमा अगाडि बढाउन आग्रह गरेका छन् ।

हाल विकसित भएका कतिपय घटनाक्रमले पार्टी भित्र अनेकौं आशंका र चिन्त उत्पन्न भएको पाइएको पनि नेता नेपालले आफ्नो वक्तव्यमा उल्लेख गरेका छन् ।

‘यस्तो अवस्थामा हामीले सिंगो पार्टी पंक्तिलाई भावनात्मक रुपले एकतावद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नु पर्छ । पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउने कुरामा आ–आफ्नो ठाउँबाट योगदान गर्न म सबैमा आग्रह गर्दछु,’ नेता नेपालले आफ्नो वक्तव्यमा उल्लेख गरेका छन् ।

कोरोना भाइरस (कोभिड १९)ले विश्वससहित नेपाललाई आक्रान्त पारिरहेको बेला सरकार तथा सरकारको नेतृत्व गरेको पार्टी र अन्य राजनीतिक दलका नेताको ध्यान पनि महामारीको संक्रमणविरुद्ध लड्ने काममा मात्रै केन्द्रित हुनुपर्नेमा नेपालले जोड दिएका छन् ।

‘यस्तो विषम परिस्थितिमा सरकार र पार्टी कहिँबाट पनि मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने, संविधान र कानून शासनका मान्यतामा प्रहार हुने, अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टीको एकतामा आघात पुग्नसक्ने काम–कुरा हुनुहुँदैन,’ नेता नेपालले भनेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ५ : ३४ बजे

कांकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ बाट निगरानी

झापा– नेपालको पूर्वी सीमा नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले उच्च

एसिसी प्रिमियर कप : मलेसियासँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

पूर्वाधार बनेसँगै पर्यटकीय गन्तव्य बन्दै अरुण डाँडा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकास्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय प्रमुख

भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय