संकटमा परेका चलचित्र निर्देशकल‌ाई संघले सहयोग गर्ने | Khabarhub Khabarhub

संकटमा परेका चलचित्र निर्देशकल‌ाई संघले सहयोग गर्ने


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल चलचित्र निर्देशक समाजले चलचित्र क्षेत्रको निर्देशन विधामा काम गर्ने निर्देशकहरुलाई सहयोग गर्ने जनाएको छ ।

निर्देशक समाजको सोमबार बसेको अनलाइन डिजिटल बैठकले यस्तो निर्णय गरेको हो । साथै संघले राहत दिइने निर्देशकको नाम गोप्य राख्ने पनि जनाएको छ ।

‘अहिले संसारभर फैलिएको कोरोना संक्रमण महामारीको अवस्थामा चलचित्र क्षेत्रको निर्देशन विधामा काम गर्ने सहायक निर्देशक, मुख्य सहायक निर्देशक वा निर्देशकज्यूहरूलाई यस महामारीको कारणबाट दैनिक खानपान र स्वास्थ्यको समस्या पर्न गएको खण्डमा यथाशीघ्र संस्थाका प्रतिनिधिसँग सम्पर्क राख्न अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

साथै संघले सबैलाई घरमै बसी सुरक्षित रहन पनि आग्रह गरेको छ । यतिबेला लकडाउनका कारण फिल्म क्षेत्र पूर्ण रुपमा ठप्प छ । जसकारण कतिपय फिल्मकर्मीको दैनिकी प्रभावित बनेको छ ।

 

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ९ : ०९ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि