प्रदेश ५ का सीमानाकामा कडाई, सशस्त्र प्रहरीका २५० अस्थायी पोष्ट निर्माण | Khabarhub Khabarhub

प्रदेश ५ का सीमानाकामा कडाई, सशस्त्र प्रहरीका २५० अस्थायी पोष्ट निर्माण


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – खुला सीमानाको फाईदा उठाउँदै आवतजावत गर्नेहरुलाई रोक्न सशस्त्र प्रहरीबलले प्रदेश पाँचका सीमा क्षेत्रमा कडाई गरेको छ ।

प्रदेश नम्बर पाँचका भारतसँग सीमा जोडिएका ६ जिल्लाका २ सय ५० स्थानमा अस्थायी पोष्ट निर्माण गरी सीमा वारपार आवागमन पूर्णरुपमा बन्द गरिएको छ ।

प्रदेश पाँचमा पश्चिम नवलपरासीदेखि बर्दियासम्म ४ सय ८ किमी लामो सीमा भारतसँग जोडिएको छ ।

सरकारले लकडाउनको घोषणा गरी सीमा वारपार गर्न बन्द गरेपनि लुकिछिपी आवतजावत गर्नेक्रम नरोकिएकाले अस्थायी पोष्ट स्थापना गरेर निगरानी बढाइएको सशस्त्र प्रहरी बल प्रदेश पाँचका प्रमुख प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेलले जानकारी दिए ।

पौडेलकाअनुसार एउटा पोष्टबाट अर्को पोष्ट देखिने गरी सिमा क्षेत्रमा सशस्त्र प्रहरीको तैनाथी बढाएर आवतजावतमा पूर्णरुपमा बन्द गरिएको छ ।

 

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ८ : १७ बजे

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार