कोरोनाभाइरसका कारण चरम खाद्यान्न अभाव हुनसक्ने राष्ट्रसंघको प्रक्षेपण | Khabarhub Khabarhub

कोरोनाभाइरसका कारण चरम खाद्यान्न अभाव हुनसक्ने राष्ट्रसंघको प्रक्षेपण


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोनाभाइरस सङ्क्रमणको विश्वव्यापी प्रकोपका कारण विश्वमा गरिबी र खाद्यान्नको अभावको सामना गर्नुपर्ने जनसङ्ख्या अहिलेकोभन्दा झण्डै दोब्बर पुग्नसक्ने प्रक्षेपण गरिएको छ ।

कोरोनाभाइरसका कारण विश्वमा खाद्यान्नको अभाव झेल्ने गरिबको जनसङ्ख्या दोब्बर हुनसक्ने संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डव्लुएफपी)ले चेतावनी दिएको हो । डब्ल्यूएफपी र अन्य साझेदारहरूले विश्वभरि खाद्यान्न सङ्कटबारेमा नयाँ अध्ययन प्रतिवेदन जारी गरेपछि यो चेतावनी आएको हो ।

“कोभिड– १९ को कारण विश्वव्यापीरूपमा आउने आर्थिक मन्दीका कारण सन् २०२० मा चरम खाद्यान्न अभावको सामना गर्ने जनसङ्ख्या २६ करोड पुग्ने देखिएको छ,” विश्व खाद्य कार्यक्रमले कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा परेको आर्थिक मन्दी र यसबाट निम्तिनसक्ने समस्याबारे गरेको प्रक्षेपण प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१९ मा चरम खाद्यान्न अभावका कारण सहयोगको आवश्यकता रहेको जनसङ्ख्या १३ करोड ५० लाखरहेकोमा सन् २०२० मा यो सङ्ख्यामा थप १३ करोड थपिने र चरम खाद्यान्न अभावको समस्या यस वर्ष दोब्बर हुने प्रक्षेपण गरिएको हो ।

खाद्य सङ्कटमा चौथो वार्षिक विश्वव्यापी प्रतिवेदनले कोरोनाभाइरस प्रकोपका कारण सिर्जित स्वास्थ्य सङ्कटसँगै विश्वव्यापीरूपमा भएका बन्दाबन्दीका घोषणा वा व्यवसायिक गथिविधिमा प्रभावित पारेका कारण विश्वमा सङ्क्रमण पछि केही समय मन्दी छाउने र मन्दीको प्रभाव कति समय रहनेछ भन्ने कोरोनाभाइरस सङ्क्रमणलाई कति छिट्टै नियन्त्रणमा लिन सकिन्छ भन्नेमा आधारित हुने जनाएको छ ।

प्रतिवेदनमा कोरोना भाइरस सङ्क्रमण सुरु हुनु अघि गत वर्षदेखि नै खाद्यान्न असुरक्षा बढेको उल्लेख पनि गरिएको छ ।

उक्त प्रतिवेदनमा सन् २०१९ मा विश्वका ५५ मुलुकका १३ करोड ५० लाख व्यक्तिचरम खाद्यान्न सङ्कटको अवस्थामा रहेका कारण खाद्यान्न सहयोगको आवश्यक रहेको थियो । प्रतिवेदन तयार गर्ने क्रममा चार वर्ष पहिलेको भन्दा सन् २०१९ मा खाद्यान्न सङ्कटको सामना गर्ने मानिसहरूको सङ्ख्या दुई करोड बढेको थियो । जुन यसअघिको तुलनामा निकै बढी हो ।

विश्व खाद्य संगठन र राष्ट्रसंघको खाद्यान्न तथा कृषि संगठनले उक्त रिपोर्टलाई मङ्गलबार नै राष्ट्रसंघ सुरक्षा परिषद्मा प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

गत बर्ष र यसवर्षको रिपोर्टमा ५० भन्दा बढी मुलुकमा खाद्यान सङ्कट रहेको र त्यहाँको झण्डै १० प्रतिशत अर्थात् १२ करोड ३० लाखमा खाद्यान्न सङ्कट रहेको उल्लेख गरिएको छ ।

द्वन्द्व, आर्थिक सङ्कट र खडेरीजस्ता मौसमसम्बन्धी घटनाहरूको कारण खाद्यान्न सङ्कटमा वृद्धि आएको हो । प्रतिवेदनमा थप १८ करोड ३० लाख जनसङ्ख्या खाद्यान्न सङ्कटको समस्यानजिक रहेको देखिएको छ ।

कोभिड–१९ सहजै त्यस्तो सङ्कट भइदिएको छ कि यसका कारण विश्वका बिरामी व्यक्तिहरूले अस्पतालहरूमा भीडलाई निम्त्यायो र सरकारहरूले लकडाउन लगाए जसले अर्थव्यवस्थामा बाधा ल्याइदियो जसका कारण लाखौँ मानिसहरूलाई कामविहीन बनाएको छ ।

डब्ल्यूएफपीका वरिष्ठ अर्थशास्त्री आरिफ हुसेनले एक विज्ञप्तिमा भनेका छन्, “कोभिड–१९ सम्भवतः लाखौंको लागि विनाशकारी हो जो पहिले नै धागामा झुण्डिएका छन् ।”

“हामीले यो विश्वव्यापी प्रकोपको प्रभाव न्यूनीकरण गर्न सामूहिक रूपमा अब कार्य गर्नुपर्दछ,“ उनले भनेका छन् । तथ्याङ्क सङ्कलन गरी प्रतिवेदनलाई धेरै समूह र सहायता संगठनहरूको सहयोगमा प्रत्येक वर्ष प्रकाशित गरिन्छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  १० : ४२ बजे

नवनियुक्त इजरायली राजदूतको स्वागत

काठमाडौं– नेपालका लागि इजरायलका नवनियुक्त राजदूत स्मुलिम एरी बास आफ्नो

सामाजिक सद्भाव कायम गर्न छठ महत्वपूर्ण : माधव नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मौलिक कला र

चितवनमा मापदण्डविपरीतका संरचना भत्काइँदै

चितवन– चितवनको भरतपुर महानगरपालिकाले पुङ्गी खोला किनारमा अतिक्रमित संरचना हटाउन

जेठोबुढो धानमा गभारो : भित्र्याउने बेला न धान, न पराल

गण्डकी– जेठोबुढो धानको पकेट क्षेत्रका रुपमा परिचित पोखराको फेवाफाँटका किसान

चाडपर्व सकिएसँगै मानवबेचविखनको जोखिम, प्रहरी भन्छ- ‘आफ्नो सुरक्षा आफैं गरौं’

चाडपर्व सकिएलगत्तै मानव बेचबिखन बढ्ने भन्दै सतर्कता अपनाउन मानव बेचबिखन