काठमाडौंमा समस्यामा परेकालाई तेह्रथुम सरोकार समाजले राहत बाँड्ने « Khabarhub

काठमाडौंमा समस्यामा परेकालाई तेह्रथुम सरोकार समाजले राहत बाँड्ने


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तेह्रथुम सरोकार समाजले कोभिड-१९ नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण काठमाडौंमा गाँस-बासको समास्यामा परेमा तेह्रथुमेहरूलाई राहत बितरण गर्ने भएको छ ।

लकडाउनले समस्यामा परेकाहरू राहतको पर्खाइमा रहेकालाई सरोकार समाजले सहयोग गर्ने भएको हो । तेह्रथुममा जन्मिएर पेशा व्यवसायले काठमाडौंमा बसेकाहरुको साझा संस्था, तेह्रथुम सरोकार समाजले मजदुरी गरेर खाने, विपन्न, आर्थिक अवस्था कमजोर भएका परिवार, विद्यार्थीहरु तथा लकडाउनका कारण काठमाडौंमा समस्यामा परेका तेह्रथुमेहरुलाई खाद्यान्न सामाग्रीहरु सहयोग गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको समाजको भर्चुअल मिटिङले काठमाडौं उपत्यकामा अफ्ठ्यारोमा परेका तेह्रथुमेहरुलाई राहत दिने निर्णय गरेको अध्यक्ष मोहनकुमार डाँगीले बताए । समाजले राहत व्यवस्थापनकालागि सहयोग गर्न उद्योगी, व्यवसायी, समाजसेवी, संघसंस्था र दाताहरुलाई आग्रह गरेको छ । लकडाउनका कारण अफ्ठ्यारोमा परेकाहरुलाई सम्पर्कमा आउन र सम्पर्क गराइदिन समेत समाजले आग्रह गरेको छ ।

“काठमाडौं उपत्यकामा गाँस, बासको समस्यामा परेका तेह्रथुमेहरुको पहिचान गरी यथासक्य राहत वितरण गर्ने निर्णय गरेका छौं । त्यसकालागि राहत संकलनको काम पनि सुरु भएको छ” अध्यक्ष डाँगीले भने ।

समाजले राहत वितरण व्यवस्थापनकालागि महासचिव केशवकुमार भट्टराईको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यहरुमा हरिपतिलाल श्रेष्ठ, भगिमान गुरुङ, विरेन्द्र कुरुम्बाङ, टीकाराज कार्की, सुमन बुढाथोकी र सन्जय खतिवडा छन् ।

यस्तै, राहत वितरणलाई प्रभावकारी बनाउन समाजले सूचना तथा सन्चार समिति समेत गठन गरेको छ । पत्रकार कुलचन्द फोम्बोको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा लक्ष्मण कार्की, अशोक दाहाल, प्रकाश धौलाकोटी, भगिश्वर लिम्बु (रेडियो मेन्छ्यायेम), छविसनम् कन्दङवा (रेडियो आठराई) र चन्द्र कार्की (रेडियो तीनजुरे) छन् ।

समस्यामा परेका व्यक्तिको सहयोग गर्न सरोकार समाजले निम्न व्यक्तिको सम्पर्क नम्बर सार्वजनिक गरेको छ । यी कुनै नम्बरमा फोन गरेर सम्पर्कमा आउनुहुन सरोकार समाजले आग्रह गरेको छ ।

(१) संयोजक – केशवकुमार भट्टराई (महासचिव) ९८५११४७४२९)
(२) सदस्य – हरिपतिलाल श्रेष्ठ (उपाध्यक्ष तथा म्याङ्लुङ संयोजक ९८५१०८१६९०)
(३) सदस्य – भगिमान गुरुङ (सचिव तथा आठराई संयोजक ९८४१३७०३४५)
(४) सदस्य – वीरेन्द्र कुरुम्बाङ (सचिव तथा फेदाप संयोजक ९८४१४४६१०१)
(५) सदस्य – टीकाराज कार्की (सदस्य तथा लालीगुराँस संयोजक ९८६००८२३७०)
(६) सदस्य – सुमन बुढाथोकी (सदस्य ९८५१०७९५२६)
(७) सदस्य – सञ्जय खतिवडा (छथर का. वा. संयोजक ९८५१०७५८०९)

राहत वितरणको कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन निम्नअनुसारको सूचना तथा सञ्चार समिति गठन गरिएको छ ।
(१) संयोजक – कुलचन फोम्बो (९८५११०३९०६)
(२) सदस्य – प्रकाश धौलाकोटी (९८५२०६०९०८)
(३) सदस्य – भगिश्वर लिम्बू (मनोज) (९८४२१९१६१९)
(४) सदस्य – छवि कन्दङ्वा (९८४२२५३०५९)
(५) सदस्य – लक्ष्मण कार्की (९८५११२०२२४)
(६) सदस्य – अशोक दाहाल (९८५१०७२०४०)
(७) सदस्य – चन्द्र कार्की (९८५२०६०४००)

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ६ : ३९ बजे

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

भद्रपुर– जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा