नेपालमा अंपुन चक्रवातको असर कस्तो रहनेछ ? (विज्ञप्तिसहित) « Khabarhub

नेपालमा अंपुन चक्रवातको असर कस्तो रहनेछ ? (विज्ञप्तिसहित)


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा बनेको चक्रवात नेपाली भूमिमा प्रवेश गरिसकेको जनाएको छ ।

चक्रवातको प्रभाव कमजोर हुने क्रममा रहेको जनाउँदै महाशाखाले हाल मुलुकमा स्थानीय वायुको समेत प्रभाव रहेको जनाएको छ ।

चक्रवातको प्रभावले केही दिन पूर्वी भू-भागका केही स्थानहरु र मध्यका पहाडी भू-भागका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। पुर्वी हिमाली भू-भागहरुमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशको पूर्वी र मध्य भू-भागमा पूर्ण बदली रही पश्चिमाका आंशिक बदली रहेको छ। पूर्व र मध्यको थोरै स्थानमा वर्षा भइरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

जेठ ८ गते (बिहीबार)

दिउँसोः देशको पूर्वी भू-भागमा पूर्ण बदली र मध्य भूभागमा सामान्य बदली रही बाकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी तथा मध्यका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।पुर्वी उच्च हिमाली भु-भागका केही स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत संभावना रहेको छ।

रातीः देशको पूर्वी भू-भागमा पूर्ण बदली रही बाकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केहि स्थानहरु र मध्य भू-भागका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।पुर्वी तथा मध्य उच्च हिमाली भु-भागका केही स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत संभावना रहेको छ।

जेठ ९ गते (शुक्रबार)

दिउँसोः देशको पूर्वी भू-भाग तथा मध्य पहाडी भू-भागमा सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केहि स्थानहरु साथै मध्य र पश्चिमी पहाडि भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पहाडि भु-भागमा सामान्य बदली रही बांकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडि भू-भागका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

जेठ १० गते (शनिबार)

दिउँसोः देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका धेरै स्थानहरु र पश्चिमी भू-भागका एक-दुई स्थानहमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ७ : ४८ बजे

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधन सहितका प्रतिवेदन पेश

काठमाडौं – काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की– पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

म पार्टी विभाजनको पक्षमा छैन : शशांक कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८