नेपालमा आज पनि अंपुन चक्रवातको प्रभाव, मुलुकका विभिन्न स्थानमा वर्षा | Khabarhub Khabarhub

नेपालमा आज पनि अंपुन चक्रवातको प्रभाव, मुलुकका विभिन्न स्थानमा वर्षा


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बंगाल खाडीबाट सक्रिय भएको अंपुन नामको चक्रवातका कारण अहिले मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले पूर्व र मध्य क्षेत्रका केही स्थानमा वर्षा भइरहेको छ । वंगालको खाडीमा बनेको उक्त चक्रवात कमोजार हुँदै गएकाले त्यसको प्रभाव अब कम हुँदै जाने महाशाखाले जनाएको छ ।

आज दिउँसो र राति पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी तथा मध्यका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान वुलेटिनमा उल्लेख छ।

यस्तै पूर्वी उच्च हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ७ : ४१ बजे

पहिरोमा पुरिएकी विदेशी पर्यटकको शव भेटियो 

गोरखा– मनास्लु क्षेत्रमा गत शुक्रबार पहिरोमा पुरिएकी एक विदेशी महिला

रास्वपा वार्ता टोली संयोजक बमको चेतावनी : नयाँ दल र स्वतन्त्र नेता एकजुट नभए सबैको भेट जेलमा हुनेछ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वार्ता टोली संयोजक पुकार

एमालेको महाधिवेशनमा ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाइने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(एमाले)को ११ औँ  राष्ट्रिय महाधिवेशनमा ४० वर्षमुनिका