डिजिटल प्रविधिमार्फत परीक्षा गरेर नेपाली कामदार लैजान दक्षिण कोरिया तयार « Khabarhub

डिजिटल प्रविधिमार्फत परीक्षा गरेर नेपाली कामदार लैजान दक्षिण कोरिया तयार


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  दक्षिण कोरियाले डिजिटल प्रविधिबाट इपीएस भाषा परीक्षामा सामेल गराइ नेपाली कामदार लैजाने बताएको छ ।

दक्षिण कोरियाले भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई कोरिया लैजाने विषयमा तयारी थालेको हो ।

नेपालस्थित इपीएस कोरियाका एचआरडी प्रमुख पार्क ही सुङले रोजगार विभागमा भएको बैठकमा सो विषयमा जानकारी दिएका हुन् ।

उनका अनुसार पूर्वनिर्धारित तालिकानुसार जुन महिनामा हुनुपर्ने कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण केही पछि सरे पनि डिजिटल प्रविधिमार्फत भाषा परीक्षा लिन सकिने छ ।

इपीएस प्रणालीअन्तर्गत १६ देशका विदेशीहरु रोजगारीका लागि कोरियाली भाषा परीक्षा दिई कोरियामा श्रम गर्छन् । ती १६ देशमध्ये नेपाल पनि एक हो ।

कोरियामा ४० हजारभन्दा बढी नेपाली इपीएसअन्तर्गत प्रत्यक्ष रोजगारी गरिरहेका छन् । हरेक वर्ष लगभग सात हजार नेपाली युवाले कोरियामा प्रत्यक्षरूपमा रोजगारी पाउँदै आइरहेका छन् ।

यस वर्ष पनि सात हजारको हाराहारीमा नेपाली कामदार कोटा छुट्याइएको छ। कोरोनाका कारण रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा रोकिएपछि दक्षिण कोरियाले डिजिटल प्रविधिमार्फत परीक्षाको प्रक्रिया अघि बढाउने भएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  १० : ४५ बजे

सरकारी अस्पतालमा सेवा लिनै सास्ती, भरतपुरमा बिरामीको भीड (तस्बिरहरू)

चितवन– चितवनका निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द

अमरेशको प्रश्न- प्रहरीले मधेशका आन्दोलनकारीमाथि किन सिधै गोली चलाएको हो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा

अर्का घाइते रवीन्द्रको मृत्युपछि आन्दोलनमा उत्रिए कप्तानगञ्जबासी, रुख ढालेर सडकमा अवरोध

सुनसरी- जिल्लाको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा गत १० गते (आइतबार) राति

अस्पताल परिसरमा नर्सको नारा : हाम्रो ब्लडप्रेसर होइन, तलब बढाइदेऊ

काठमाडौं– अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत

गृहमन्त्री र ‘हिन्दू सम्राट सेना’बीचको वार्ताप्रति हर्कको आपत्ति, यस्ता समूहलाई निषेध गर्न माग

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ’हिन्दू सम्राट सेना’