कोरोना संक्रमण : नेपालमा ३ को मृत्यु ४५३ संक्रमित, कुन जिल्लामा कति (सूचीसहित) « Khabarhub

कोरोना संक्रमण : नेपालमा ३ को मृत्यु ४५३ संक्रमित, कुन जिल्लामा कति (सूचीसहित)


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ३ जनाको ज्यान गएको छ । सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँकेका २५ वर्षीय पुरुष र गुल्मीका ४१ वर्षीय पुरुषले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

त्यस्तै आजसम्म ४५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजैमात्र थप २६ जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ४९ जना उपचारपछि निको भएका छन् । ४०१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

नेपालका कुल ७७ वटा जिल्ला मध्ये ३८ वटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ । ४ महिनाको अवधिमा सातै वटा प्रदेशमा कोरोना संक्रमणको प्रकोप फैलिएको छ ।

नेपालमा सबैभन्दा धेरै बाँकेमा ९९ जनामा संक्रमण पुष्टि भएको छ । एक जनाको ज्यान गएको छ । त्यस्तै पर्सामा ९१ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालका कुन जिल्लामा कति संक्रमित छन् ? यो सूची हेर्नुहोस्

१. बाँके – ९९ संक्रमित, १ को मृत्यु
२. पर्सा ९१
३. कपिलवस्तु ५९
४. उदयपुर ३३
५. रुपन्देही २९
६. काठमाडौं १२
७. कैलाली ४
८. बारा ४
९. रौतहट २२
१०. धनुषा ८
११. वाग्लुङ्ग २
१२. चितवन ३
१३. झापा ३५
१४. सर्लाही ५
१५. महोत्तरी ३
१६. भक्तपुर ३
१७. बर्दिया २
१८. नवलपरासी (पश्चिम) ३
१९. कंचनपुर १
२०. भोजपुर १
२१. सप्तरी १
२२. नवलपरासी (पूर्वि) १
२३. धादिङ २
२४. मकवानपुर २
२५. सिरहा १
२६. दाङ ४
२७. काभ्रेपलान्चोक १
२८. सिन्धुपाल्चोक १, संक्रमितको मृत्यु
२९. धनकुटा ७
३०. मोरङ ४
३१. गुल्मी १, संक्रमितको मृत्यु
३२. सुनसरी ३
३३. दैलेख १
३४. खोटाङ्ग १
३५. ललितपुर १
३६. लमजुङ १
३७. सिधुली १
३८. रामेछाप १
जम्मा-४५३

नेपालमा देखिएको पहिलो केसको स्वाब परीक्ष्णका लागि हङकङ पठाइएकोमा अहिले भने स्वास्थ्य सामग्रीहरु ल्याइएपछि नेपालमै परीक्षण हुन थालेको छ।

संक्रमणको दर बढ्न थालेपछि सबै जिल्लामा उच्च सतर्कता अपनाइएको छ । आवतजावतमा कडाइ गरिएको छ भने अत्यावश्यक बाहेकका काममा घरबाट बाहिर निस्कन पनि कडाइँ गरिएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  २ : ०८ बजे

स्थानीयवासीको सहयोगमा प्रहरी भवन पुनर्निर्माण

कास्की– पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा

चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु

जुम्ला– जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला

मात्रा नमिलाई आँप खाँदा हुनसक्छ स्वास्थ्य समस्या

काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा