आयल निगमका १४६ कर्मचारीको पीसीआर विधिबाट कोरोना परीक्षण « Khabarhub

आयल निगमका १४६ कर्मचारीको पीसीआर विधिबाट कोरोना परीक्षण


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल आयल निगममा कार्यरत १४६ कर्मचारीको कोरोना परीक्षण गरिएको छ ।

निगम सञ्चालक समिति, केन्द्रीय कार्यालय बबरमहल, टेकु कार्यालय, थानकोट डिपो र हवाइ इन्धन डिपो सिनामंगलमा कार्यरत अपरेटर कर्मचारीको पिसिआर विधिबाट परीक्षण गरिएको निगमले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत स्वास्थ्यकर्मीको सहयोगमा कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको आधिकारिक ट्रेड युनियनका अध्यक्ष गोपालचन्द्र राईले जानकारी दिए ।

उनका अनुसार विभिन्न नाका हुँदै पेट्रोलियम पदार्थ बोक्ने ट्रकका चालक तथा सहचालकसँग प्रत्यक्ष सम्पर्कमा आएर फ्रन्टलाइनमा कार्यरत कर्मचारीको परीक्षण गरिएको हो ।

आज काठमाडौँबाट शुरु भएको परीक्षण सातै प्रादेशिक कार्यालयमा छिट्टै सञ्चालन गरिनेछ । कर्मचारीको मनोबल वृद्धि गर्न निगम सञ्चालक समिति सदस्यको समेत परीक्षण गरिएको उनले जानकारी दिए ।

गत वैशाख अन्तिम साता बसेको निगम सञ्चालक समितिको बैठकको निर्णयानुसार निगममा कार्यरत सम्पूर्ण कर्मचारी (करार अस्थायी, दैनिक ज्यालादारी सहित) को रु एक लाख बराबरको कोरोना बिमा गरिसकिएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ६ : ०० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना