मोबाइल एसएमएसबाटै बाढीको पूर्व सूचना « Khabarhub

मोबाइल एसएमएसबाटै बाढीको पूर्व सूचना


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- सुर्खेतवासीले बाढीपहिरोको पूर्वसूचना अब मोबाइल एसएमएसबाटै थाहा पाउने भएका छन् ।

वीरेन्द्रनगर नगरपालिकासँगको समन्वयमा जल तथा मौसम विज्ञान विभागले बाढीको पूर्वसूचनाका लागि मोबाइल एसएमएस प्रणालीको शुरुवात गरेको हो ।

जल तथा मौसम कार्यालय सुर्खेतका प्रमुख विनोद पराजुलीले आकस्मिक बाढीको पूर्वसूचना बाढी आउनु केही घण्टाअगावै जनतासम्म पुर्‍याइ जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले एसएमएस प्रणाली शुरुवात गरिएको बताए ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले नेपाल टेलिकम र एनसेल सिम प्रयोगकर्ता सबैमा एसएमएस पठाउने व्यवस्था मिलाएको छ ।

“११५५ वा जलवायुबाट सबैको मोबाइलमा बाढीको पूर्वसूचना आउने व्यवस्था मिलाएका छौँ”, उनले भने, “पूर्वसूचनाले नागरिकलाई सम्भावित जोखिमबाट सुरक्षित रहन उपयोगी हुनेछ ।”

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ६ : ५९ बजे

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका

संसद्‍मा उठाइयो अस्पतालले भर्ना नलिएर फुटपाथमै बच्चा जन्माएकी महिलाको पीडा

काठमाडौं– सांसदहरूले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय