हत्या अभियोगमा कतारमा एक नेपालीलाई मृत्युदण्ड « Khabarhub

हत्या अभियोगमा कतारमा एक नेपालीलाई मृत्युदण्ड


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कतारमा रहेका एक नेपालीलाई मृत्युदण्ड दिइएको छ । हत्या अभियोगमा  महोत्तरी औराही–१,का अनिल चौधरीलाई मृत्युदण्ड दिएको जनाइएको छ ।

चौधरीमाथि कतारका नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्याको अभियोगमा दोषी ठहर गर्दै अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो।

उनी हत्या गरेको अभियोगमा सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका थिए । उनले नुयमीमाथि दर्जनौं पटक खुकुरी प्रहार गरेको आरोप ठहर गरिएको थियो ।

उनले हत्या गरेको अभियोगमा त्यहाँको तल्लो अदालतले मृत्युदण्डको फैसला गरेको थियो । भने सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्डलाई कार्यान्वयन गरेको हो।

कतारमा नेपालीलाई मृत्युदण्ड दिइएको यो पहिलो हो । त्यस्तै नेपालीद्वारा कतारी नागरिकको हत्या गरिएको यो नै पहिलो घटना हो । तर कतारमा नेपालीद्वारा नेपालीकै हत्या अभियोगमा १० जना जेलमा छन् ।

उनी २०१५ अगष्ट २७ गते कतार गएका थिए । क्लिनिङ कम्पनीमा सामान्य मजदुरको काम गर्थे । हत्या आरोप प्रमाणित भएसँगै उनलाई केन्द्रीय कारगारमा राखिएको थियो ।

चौधरीलाई मृत्युदण्ड दिइएकोबारे कतारस्थित नेपाली दूतावासलाई जानकारी गराइएको छ। नेपाली दूतावास दोहाले काठमाडौंस्थित कन्सुलर विभागमा यसबारे जानकारी गराइसकेको जनाएको छ । साथै कतार सरकारले उनको शव नेपाल ल्याउन अनुमति दिएको समेत जनाइएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ६ : ३३ बजे

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म