दाङका थप एक जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित ४५४ पुगे « Khabarhub

दाङका थप एक जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित ४५४ पुगे


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विहीबार साँझ नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा दाङका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित व्यक्ति दाङको घोराही-३ का ३७ वर्षीया पुरुष हुन् । उनी भारतबाट आएर क्वारेन्टाइनमा रहेका व्यक्ति भएको सहप्रवक्ता अधिकारीले बताए ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमित मध्ये तीन जनाको मृत्यु भएको छ भने ४९ जना निको भएर घर फर्किएका छन्  । हालसम्म ३८ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ ।

नेपालका कुन जिल्लामा कति संक्रमित छन् ? यो सूची हेर्नुहोस्

१. बाँके – ९९ संक्रमित, १ को मृत्यु
२. पर्सा ९१
३. कपिलवस्तु ५९
४. उदयपुर ३३
५. रुपन्देही २९
६. काठमाडौं १२
७. कैलाली ४
८. बारा ४
९. रौतहट २२
१०. धनुषा ८
११. वाग्लुङ्ग २
१२. चितवन ३
१३. झापा ३५
१४. सर्लाही ५
१५. महोत्तरी ३
१६. भक्तपुर ३
१७. बर्दिया २
१८. नवलपरासी (पश्चिम) ३
१९. कंचनपुर १
२०. भोजपुर १
२१. सप्तरी १
२२. नवलपरासी (पूर्वि) १
२३. धादिङ २
२४. मकवानपुर २
२५. सिरहा १
२६. दाङ ५
२७. काभ्रेपलान्चोक १
२८. सिन्धुपाल्चोक १, संक्रमितको मृत्यु
२९. धनकुटा ७
३०. मोरङ ४
३१. गुल्मी १, संक्रमितको मृत्यु
३२. सुनसरी ३
३३. दैलेख १
३४. खोटाङ्ग १
३५. ललितपुर १
३६. लमजुङ १
३७. सिधुली १
३८. रामेछाप १
जम्मा-४५४

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ७ : ५९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने