कोरोना भाइरस : विश्वभर ८९ लाखभन्दा बढी संक्रमित « Khabarhub

कोरोना भाइरस : विश्वभर ८९ लाखभन्दा बढी संक्रमित


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ८९ लाखभन्दा बढी संक्रमित भएका छन् ।

आइतबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ५६ हजार ९२३ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ८९ लाख ८ हजार ५५६ पुगेको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ हजार ४२८ छ । योसँगै मृत्यु हुनेको संख्या ४ लाख ६६ हजार २६६ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ४७ लाख ३३ हजार १८ पुगेको छ भने ३७ लाखभन्दा बढीको उपचार भइरहेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ८७ हजार ३८७ जनाको मृत्यु भएको छ । २२ लाख ९७ हजार ७६७ जना संक्रमित भएकोमा १२ लाख ४९ हजार ५५३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ५३ हजार २०८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २६ लाख ९४ हजार ४७९ पुगेको छ । त्यसमध्ये १२ लाख ४ हजार ७३८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ४७ हजार २९१ जनाको मृत्यु भएको छ । १८ लाख ६० हजार ४८८ जना संक्रमित भएकोमा ११ लाख ७५ हजार ७२२ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ७० हजार २८७ जनाको मृत्यु भएको छ । १७ लाख ४४ हजार ३०७ संक्रमित भएकोमा ९ लाख ४८ हजार ८९९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ७ हजार ९४१ जनाको ज्यान गएको छ भने २ लाख ९९ हजार ८४१ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ४४ हजार ९८५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ९ हजार ५२ जना संक्रमित भएकोमा ८ हजार ४७० जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ६ : २३ बजे

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन

काठमाडौं– नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध 

ललितपुर– ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति  

काठमाडौं– नेपाली कांग्रेसको विवाद समाधानका लागि मंगलबार बिहान भएको त्रिपक्षीय

त्रिशूली किनारमा बालुवाले पुरिएको गाडीको उत्खनन जारी

तनहुँ– तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिक त्रिशूली नदीको किनारमा

भरतपुर अस्पतालमा बिरामीको चाप

चितवन– गर्मी महिनामा बिरामी धान्न मुस्किल हुने भरतपुर अस्पतालमा जाडो