ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो « Khabarhub

ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले भयावह बनेको ब्राजिलमा मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ ।

आइतबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९६८ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ५० हजार ५८ पुगेको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म १० लाख ७० हजार १३९ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३१ हजार ५७१ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये अहिलेसम्म ५ लाख ४३ हजार १८६ जना संक्रमणमुक्त भएका छन् भने ४ लाख ७६ हजार ८९५ जनाको उपचार भइरहेको छ ।

यसअघि ब्राजिलमा शनिबार अहिलेसम्मकै सर्वाधिक ५५ हजारभन्दा बढी संक्रमित फेला परेका थिए ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ७ : १३ बजे

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति

कांग्रेस विशेष महाधिवेशन : राति २ बजेलाई तोकियो निर्वाचन, आकांक्षी धेरै हुँदा जुटेन सहमति

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन