जाजरकोटमा अविरल वर्षापछिको पहिरोले सडक अवरूद्ध | Khabarhub Khabarhub

जाजरकोटमा अविरल वर्षापछिको पहिरोले सडक अवरूद्ध


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – शुक्रबारदेखिको अविरल वर्षाका कारण जाजरकोटबाट बाहिर जाने र भित्रिने सबै यातायातका साधन अवरुद्ध भएका छन् ।

शनिबार दिउँसो सदरमुकाम रहेको भेरी नगरपालिका–३ ठाटीस्थित छिन्चु–जाजरकोट–डोल्पा मुख्य राजमार्गको मूल ठाउँमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको हो ।

पहिरोले करिब ३० मिटरभन्दा बढी सडक भासिएपछि सबै प्रकारका यातायात सेवा अवरुद्ध भएको हो ।

यस्तै जाजरकोट सदरमुकामबाट डोल्पा जाने सबै यातायात सेवा ठप्प भएको छ । बीचबीचमा रहेका खोलामा पानीको मात्रा बढेपछि यातायात सेवा अवरुद्ध भएको हो ।

जाजरकोट–जुम्ला सडकखण्डको खलङ्गा–पाँचकाटियासम्म चल्ने यातायात सेवा अवरुद्ध भएको जाजरकोट प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए ।

यस्तै छेडाबजार–थलह सडकखण्डको मोर्कखोलामा पानीको बहाव बढ्दा यातायात सेवा अवरुद्ध भएको छ । पानी नरोकिएकाले खच्चड सेवासमेत बन्द भएको छ ।

खोलामा पानी बढेका कारण एक गाउँबाट अर्को गाउँमा जान मुस्किल भएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए ।

खलङ्गा– बारेकोट सडकसमेत अवरुद्ध भएको छ । गाउँमा टेलिफोन सेवा अवरुद्ध अविरल वर्षाका कारण जाजरकोट सदरमुकामदेखि अन्य स्थानीय तहको फोन सेवासमेत अवरुद्ध भएको छ ।

घाम नलाग्दा टावरमा विद्युत् आपूर्ति बन्द भएपछि टेलिफोन सेवा अवरुद्ध भएको हो । गाउँ–गाउँमा सूचना लिनसमेत मुस्किल भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

पानी परिरहेकोले गाउँगाउँमा रहेका क्वारेन्टाइनमा आवश्यक सेवा प्रवाहमासमेत समस्या भएको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ८ : ५२ बजे

संविधानअनुसार नै मुख्यमन्त्रीमा नियुक्त भएको हुँ : मुख्यमन्त्री यादव

जनकपुरधाम– मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफू नेपालको

‘जेन-जीका नाममा भएको आन्दोलन तत्कालीन सरकार एमालेविरुद्धको षड्यन्त्र’

काठमाडौं- नेकपा एकीकृत समाजवादी छाडेर फर्किएकी नेतृ रामकुमारी झाँक्रीले एमाले

रामकुमारी भन्छिन् : जेन-जी आन्दोलनपछि एमाले नेताहरूले आँट गरे

काठमाडौं- चार वर्षपछि नेकपा एमालेमा फर्किएकी नेतृ रामकुमारी झाँक्रीले जेन-जी

एमालेले विघटित प्रतिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले विघटित प्रतिनिधिसभामा आफ्नो दलबाट प्रतिनिधित्व

बागलुङमा थपिए ६३१ मतदाता

गलकोट– बागलुङमा ६३१ नयाँ मतदाता थपिएका छन् । निर्वाचन तयारीअनुसार