सर्वदलीय बैठकमा भारतीय प्रधानमन्त्री मोदीले उठाएका आठ बुँदा | Khabarhub Khabarhub

सर्वदलीय बैठकमा भारतीय प्रधानमन्त्री मोदीले उठाएका आठ बुँदा

राष्ट्रिय सहमति, सीमामा सेनालाई आवश्यक निर्णय लिने पूर्ण अधिकार


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठकमा मुख्य आठ विषयहरु उठाएका छन् ।

चीनले भारतीय भूमिमा घुसेर आक्रमण गरेपछि राष्ट्रिय धारणा बनाउन प्रधानमन्त्री मोदीले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री मोदीले विभिन्न आठ बुँदा उठाएका छन् ।

बैठकमा प्रधानमन्त्री मोदीले उठाएका आठ बुँदा

क) पोस्ट नियन्त्रणमा कुनै घुसपैठ भएको छैन ।

ख) सीमा रक्षाका क्रममा सर्वोच्च बलिदानी दिएका २० जना वीर सैनिकले शत्रुलाई ठूलो मूल्य चुकाउनुपर्‍यो र सदाका लागि पाठ सिकायो । वीर सैनिकहरुको बलिदानलाई बिर्सिने छैन ।

ग) हाम्रो सेनाहरू सम्पूर्ण तवरमा तयारी अवस्थामा छन् र आवश्यक प्रतिरोध गर्न सक्षम छन् ।

घ) सीमाको रक्षा गर्न सीमा रेखामा तैनाथ सेनालाई आवश्यक कारबाही सञ्‍चालनका लागि उचित कदम लिन पूर्णअधिकार दिइएको छ ।

ङ) हामी शान्ति चाहन्छौं र कूटनीतिक प्रयास । यी दुवै एकैसाथ यस मुद्दालाई शान्तिपूर्ण रुपमा समाधान गर्न चाहान्छौं ।

च) हाम्रो सार्वभौमिकता हाम्रो लागि अत्यन्त महत्त्वपूर्ण छ र हामी विगत ५ वर्षमा सीमा पूर्वाधारको स्तरोन्‍नति र सुधार गर्ने प्रयासमा समर्पण गरेका छौं ।

छ) सुदृढ पूर्वाधारको कारणले गर्दा हाम्रो सेनाले गस्तीलाई उच्चतम बनाउनुका साथै र चिनियाँ गतिविधिको जाँच गरिरहेको छ ।

ज) भारतले कुनै पनि मुद्दामा बाह्य दबाबको सामना गर्न कहिले हार मानेको छैन र यस मुद्दामा पनि भारत हरेक परिस्थितिको सामना गर्न तयार छ ।

माथि उल्लेखित बुँदाहरुमध्ये अधिकांश टिप्पणीकारहरुले पहिलो बुँदालाई समातेर विभिन्‍न टिप्पणहरु गरिरहेका छन् । यद्पि यस बुँदालाई कुनै रुपमा अपब्याख्या नगर्न आग्रह गरिएको छ ।

प्रधानमन्त्री मोदीले सर्वदलीय बैठकमा उठाएका बुँदालाई जिम्मेवार, वस्तुगत र राष्ट्रिय सहमति निर्माणका दृष्टिकोणले निकै सकारात्मक छन् र यसल राष्ट्रिय स्वार्थलाई झन बलियो बनाउनुका साथै विश्वव्यापी नेतृत्व क्षमतालाई थप बढावा दिनेछ ।

यस महामारीकारीका आर्थिक अनिश्‍चिता उत्पन्‍न हुनसक्‍ने भन्दै चिन्ता व्यक्त भइरहेकाबेला भएको राष्ट्रिय सहमतिले भारतको प्रगतिमा सकारात्मक भूमिका निर्वाह गर्नेछ ।

प्रधानमन्त्री मोदीले एकातिर कोरोना महामारी र अर्कोतिर सीमा समस्याका कारण राष्ट्रहित विपरीतका अभिव्यक्तिले मुलुकलाई फाइदा नगर्ने उल्लेख गर्दै सबैसँग सहकार्य गरेर अघि बढ्नेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीको उदार र उदाहरणीय नेतृत्व क्षमताको कारण संयुक्त राष्ट्र संघीय शक्तिशाली अंग सुरक्षा परिषदको अस्थायी सदस्यमा दुई तिहाइभन्दा बढी बहुमतले निर्वाचित भएको छ । यसमा छिमेकी मुलुक नेपाल, पाकिस्तान र चीनले पनि भारतको पक्षमा मतदान गरेका थिए ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  १२ : १८ बजे

छठ पूजाको तेस्रो दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (तस्बिरहरू)

काठमाडौं– छठ पूजाको तेस्रो दिन सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर

विराटनगरको सिंघिया घाटमा छठ पूजा (तस्बिरहरू)

मोरङ- विराटनगरको सिंघिया घाटमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठपूजा गरिएको

छठ घाटहरूको अवलोकन गर्न गृहमन्त्री अर्याल जनकपुरधाममा

जनकपुर– आगामी प्रतिनिधिसभाको निर्वाचन र शान्ति सुरक्षाका विषयमा जानकारी लिन

मनाइयो मधेशको गाउँगाउँमा छठ (तस्बिरहरू)

काठमाडौं– छठको लागि पर्सा जिल्लाको जिराभवानी गाउँपालिका सेढवा गाउँका व्रतालुहरू

प्रधानमन्त्री कार्कीद्वारा अञ्जली मास्केलाई सम्मान

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले समाजसेवी अञ्जली मास्केलाई सम्मान गरेकी छन्