अरुण नदी थुनियो, विस्थापितलाई सुरक्षित स्थानमा सारियो | Khabarhub Khabarhub

अरुण नदी थुनियो, विस्थापितलाई सुरक्षित स्थानमा सारियो


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा- सङ्खुवासभाको मकालु गाउँपालिका–२ र ५ मा पर्ने ओयाङमा पहिरो खसेपछि आंशिक रुपमा अरुण नदी थुनिएको छ ।

आइतबार गएको पहिरोले प्रकाश राईको परिवारका सात जना विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुमार करीब ६ सय मिटरमाथिबाट झरेको पहिराले नदी थुनिँदा करीब तीन सय मिटर पानी जमेर ताल बनेको छ ।

स्थानीयवासी हीरालाल राईको घर र बिर्खबहादुर राईको गोठ उच्च जोखिममा परेकाले खाली गरिएको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

घटनाको विस्तृत जानकारी आइसकेको छैन । प्रहरीले अरुण आसपासको बस्ती, अरुण तेस्रो आयोजनाको विद्युत्गृहस्थल पुखुवा आसपास तथा हेलुवाबेँसी, चेवाबेँसी, मनकामनालगायत क्षेत्रका बासिन्दालाई नदी छेउ नजान र सतर्क भएर बस्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  २ : ५६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका