अरुण नदी थुनियो, विस्थापितलाई सुरक्षित स्थानमा सारियो | Khabarhub Khabarhub

अरुण नदी थुनियो, विस्थापितलाई सुरक्षित स्थानमा सारियो


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा- सङ्खुवासभाको मकालु गाउँपालिका–२ र ५ मा पर्ने ओयाङमा पहिरो खसेपछि आंशिक रुपमा अरुण नदी थुनिएको छ ।

आइतबार गएको पहिरोले प्रकाश राईको परिवारका सात जना विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुमार करीब ६ सय मिटरमाथिबाट झरेको पहिराले नदी थुनिँदा करीब तीन सय मिटर पानी जमेर ताल बनेको छ ।

स्थानीयवासी हीरालाल राईको घर र बिर्खबहादुर राईको गोठ उच्च जोखिममा परेकाले खाली गरिएको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

घटनाको विस्तृत जानकारी आइसकेको छैन । प्रहरीले अरुण आसपासको बस्ती, अरुण तेस्रो आयोजनाको विद्युत्गृहस्थल पुखुवा आसपास तथा हेलुवाबेँसी, चेवाबेँसी, मनकामनालगायत क्षेत्रका बासिन्दालाई नदी छेउ नजान र सतर्क भएर बस्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  २ : ५६ बजे

भारतबाट हुने कफीको निर्यात बढ्यो 

काठमाडौं– भारतबाट हुने कफी निर्यात ह्वात्तै बढेको छ । यस

एमाले बैठकमा प्रश्न- मा‌ओवादीबाट आएकाले किन जिम्मेवारी पाएनन् ?

काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा नक्कली शरणार्थी प्रकरणमा हाल

रायोको सागमा भेटियो अत्यधिक मात्रामा विषादी

काठमाडौं– रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । भक्तपुरबाट

मस्तिष्कघातको निःशुल्क उपचारको तयारीमा सरकार

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले मस्तिष्कघातको निःशुल्क

एमाले प्रवेश गरेका चेपाङले दिए ओलीसहितलाई ‘जाबी’ उपहार

काठमाडौं– नेकपा एमालेमा प्रवेश गरेका संविधानसभा सदस्य गोविन्दराम चेपाङले प्रधानमन्त्री