प्रतिव्यक्ति १९ हजार तिरेर बंगलादेशबाट २४७ नेपाली स्वदेश फर्किदै « Khabarhub

प्रतिव्यक्ति १९ हजार तिरेर बंगलादेशबाट २४७ नेपाली स्वदेश फर्किदै


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशमा रहेका २४७ जना नेपाली आज नेपाल आउँदै छन् ।

बंगलादेशमा रहेका विभिन्न मेडिकल कलेजमा अध्ययनरत २४७ जना नेपाली विद्यार्थीहरु आज नेपाल आउन लागेका हुन् ।

सरकारले विदेशमा रहेकाहरुलाई उद्धार कार्य शुरु गरेपछि उनीहरु आज नेपाल आउन लागेको नेपाली विद्यार्थीहरुले बताएका छन् ।

बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरुले प्रतिव्यक्ति १९ हजार नेपाली रुपैया आफैले तिरेर नेपाल आउन लागेका नेपाली विद्यार्थी डायमन्ड लामिछानेले खबरहबलाई बताए । बंगलादेशमा रहेका सबै नेपालीले त्यहि पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका व्यक्तिहरु नेपाल फर्किन लागेको लामिछानेले बताए ।

‘हामी सबैले यही पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएर नै नेपाल फर्किन लागेका छौं, भाडा आफैले तिर्नु परेपनि सरकारले हामीलाई उद्धार गरेकोमा खुसी लागेको छ,’ लामिछानेले खबरहबसँग भने,‘हामीलाई नेपाल उद्धार गर्न सहयोग गर्ने बंगलादेशमा रहनुभएका नेपाली राजदुतलाई हामी धेरै धन्यवाद दिन चाहन्छौं । नेपाल आइपुगेर सरकारले तोकेको ठाउँमा हामी बस्न तयार छौं ।’

धेरै महिनादेखि बंगलादेशमा अलपत्र परेका विद्यार्थीहरु आज नेपाल फर्किन पाएकोमा खुसी भएका छन् । बंगलादेशबाट नेपाल फर्किन लागेकी डा कुसुम देवकोटाले नेपाल फर्किन लागेको भन्दै खुसी व्यत्तः गरिन् ।

‘हामी धेरै समयदेखि यहाँ अलपत्र परेका थियौं, मेरो त इन्टन पनि सकिएको थियो यहाँ यतिकै बसेको थिए,’देवकोटाले खबरहबसँग भनिन्, आज नेपाल फर्किदा पाउँदा खुसी लागेको छ ।’

उनीहरुलाई नेपाल ल्याउन नेपाल एयरलाइन्सको विमान बंगलादेशमा हजरत शाहजलाल अन्तराष्ट्रिय विमानस्थलमा डेढ घण्टा अगाडी नै पुगेको थियो । उनीहरु अहिले नेपाल फर्किदै छन । यसअघि ३ वटा विमानमार्फत ६ सय नेपाली विद्यार्थीहरु बंगलादेशबाट नेपाल फर्किएका छन् ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ३ : ०९ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको