बाँकेमा कोरोनासँगै बाढीको कहर « Khabarhub

बाँकेमा कोरोनासँगै बाढीको कहर


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- कोरोनाको जोखिम कम नहुँदै बाँकेमा बाढीको कहर शुरु भएको छ । राप्ती नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा डुबानको खतरा बढेको छ ।

पहाडी भेगमा लगातार भइरहेको वर्षाका कारण नदीमा पानीको सतह बढेपछि यहाँको राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको नदी नजीकका बस्ती डुबानको जोखिममा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत गौरी बुढाथोकीले जानकारी दिइन ।

उनका अनुसार नदीमा बाढी आउनसक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । शनिवार रातिसम्म नदीमा पानीको सतहले खतराको तह पार गरे पनि अहिले घटेको छ । यद्यपि वर्षा नरोकिएकाले राप्ती नदीको बाढी गाउँमा पस्न सक्ने जोखिम बढेको छ ।

बाढीको सूचना प्रवाह गर्न राप्तीसोनारी गाउँपालिकाको बाढी मापन गर्ने गरिएको छ । कुसुमबाट राप्ती नदीको बाढी तल्लो तटीय क्षेत्रमा आइपुग्न करीब ४ देखि ५ घण्टा समय लाग्ने भएकाले कुसुममा पानीको सतह पाँच मिटर पुग्ने बित्तिकै खतरास्वरुप नदी छेउछाउमा साइरन बजाइन्छ ।

नदीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुग्ने बित्तिकै राप्ती नदी आसपासका दर्जनौँ गाउँ डुब्ने गर्छन् । भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण नदी प्राकृतिक रुपले बग्न नपाउँदा नेपाली भूभाग डुबानमा पर्दै आएको छ ।

नदीमा फसेका ११ को उद्धार

राप्ती नदीमा आएको बाढीका कारण अलपत्र परेका राप्तीसोनारीका ११ जनालाई गए राति उद्धार गरिएको छ । राप्तीसोनारी–२ गौशालामा फसेका ६ र ललहीमा फसेका पाँचजनाको चार घण्टापछि उद्धार गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

गोठाला गएका उनीहरु चार घण्टा नदीको बीच टापुमा फसेका थिए । उनीहरुलाई सशस्त्र प्रहरीको टोलीले राति अबेर उद्धार गरेको हो ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ७ : १९ बजे

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर