बनेपाबाट छ जुवाडे पक्राउ « Khabarhub

बनेपाबाट छ जुवाडे पक्राउ


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बनेपा नगरपालिका–६ स्थित २८ किलो नजिकै एक घरबाट छ जुवाडेसहित लाखौँ नगद बरामद गरेको छ ।

पाँचकुमारी पेट्रोलपम्प रहेको जनक तिमल्सिनाको घरमा जुवातास खेलिरहेका तिमल्सिनालगायत छ जनालाई नगदसहित पक्राउ गरेको प्रहरीले आज सार्वजनिक गरेको छ ।

प्रहरीले उक्त जुवाखालबाट रु छ लाख ५४ हजार ५०० बरामद गरेकोसमेत जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले गत शुक्रबार राति १० बजे ३९ वर्षीय तिमल्सिनासहित धुलिखेल नगरपालिका–४ का ३५ वर्षका रामेश्वर केसी, सोही वडाका ४० वर्षीय अनिल थापा, ३४ वर्षका भोला राय र ४२ वर्षका किरण रञ्जितकार तथा तेमाल गाउँपालिका–८ निवासी २८ वर्षका विश्वराज तामाङलाई पक्राउ गरिएको जानकारी दिए ।

नगद, चार थान तासबुक तथा एक थान तन्दासहित पक्राउ परेका उनीहरुलाई मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद गरेको प्रहरीले जनायो । साथै उनीहरुलाई हिरासतमा राखी थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ८ : ३४ बजे

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि