पहिलोपटक ओखलढुङ्गामा पनि एक जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

पहिलोपटक ओखलढुङ्गामा पनि एक जनामा कोरोना संक्रमण पुष्टि


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा- ओखलढुङ्गामा पहिलो पटक एक जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

लिखु गाउँपालिकाका एक २८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

भारतबाट फर्किएका उनको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै आज साँझ ओखलढुङ्गामा कोरोना सङ्क्रमित भेटिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।

सङ्क्रमित लिखु गाउँपालिकाको क्वारेन्टिनमा छन् । भारतको गोरखपुरबाट आएका ती युवकलाई सीधै क्वारेन्टिनमा राखिएको थियो । उनी एक हप्ताअघि जिल्ला आएका हुन् ।

आज पीसीआर रिपोर्ट आएका ६ जनामध्ये एक जनाको पोजेटिभ रिपोर्ट आएसँगै जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि ओखलढुङ्गा जिल्लाका कसैलाई कोरोना संक्रमण देखिएको थिएन ।

योसँगै नेपालमा ७६ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । अब बाँकी रसुवा मात्र रहेको छ । हालसम्म रसुवामा कुनै पनि कोरोना संक्रमित फेला पेरका छैनन् ।

आज स्वास्थ्य तथा मन्त्रालयले मुस्ताङमा पनि एक जनामा कोरोना पुष्टि भएको जानकारी दिएसँगै संक्रमण फैलिएका जिल्लाको संख्या ७५ पुगेको थियो ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  १० : २२ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा