पहिलोपटक ओखलढुङ्गामा पनि एक जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

पहिलोपटक ओखलढुङ्गामा पनि एक जनामा कोरोना संक्रमण पुष्टि


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा- ओखलढुङ्गामा पहिलो पटक एक जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

लिखु गाउँपालिकाका एक २८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

भारतबाट फर्किएका उनको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै आज साँझ ओखलढुङ्गामा कोरोना सङ्क्रमित भेटिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।

सङ्क्रमित लिखु गाउँपालिकाको क्वारेन्टिनमा छन् । भारतको गोरखपुरबाट आएका ती युवकलाई सीधै क्वारेन्टिनमा राखिएको थियो । उनी एक हप्ताअघि जिल्ला आएका हुन् ।

आज पीसीआर रिपोर्ट आएका ६ जनामध्ये एक जनाको पोजेटिभ रिपोर्ट आएसँगै जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि ओखलढुङ्गा जिल्लाका कसैलाई कोरोना संक्रमण देखिएको थिएन ।

योसँगै नेपालमा ७६ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । अब बाँकी रसुवा मात्र रहेको छ । हालसम्म रसुवामा कुनै पनि कोरोना संक्रमित फेला पेरका छैनन् ।

आज स्वास्थ्य तथा मन्त्रालयले मुस्ताङमा पनि एक जनामा कोरोना पुष्टि भएको जानकारी दिएसँगै संक्रमण फैलिएका जिल्लाको संख्या ७५ पुगेको थियो ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  १० : २२ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको