कांग्रेसद्वारा महिला हिंसा रोक्न ध्यानाकर्षण प्रस्ताव दर्ता « Khabarhub

कांग्रेसद्वारा महिला हिंसा रोक्न ध्यानाकर्षण प्रस्ताव दर्ता


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेसले लकडाउनमा बस्दा बालबालिका र महिला अझ बढी असुरक्षित भएको भन्दै संघीय संसदमा ध्यानार्कषण प्रस्ताव दर्ता गरेको छ ।

लकडाउनको अवधिमा पनि महिला तथा बालबालिकामाथि हिंसाका घटना बढिरहेको उल्लेख गर्दै काँग्रेस सांसद डा डिला सङ्ग्रौला पन्त, प्रमिला राई र हिरा गुरुङले आज गृहमन्त्रीको ध्यानाकर्षण गराउन संघीय संसदमा सो प्रस्ताव दर्ता गराएका हुन् ।

संविधानको मर्म र भावनाअनुुरुप क्वारेन्टिनको मापदण्डमै महिलाका लागि विशेष सुरक्षा प्रदान गर्नुपर्ने, महिला तथा बालबालिका माथि हुने बलात्कारका घटना रोक्नका लागि सरकारले टोलटोलमा निगरानी समूह गठन गर्न स्थानीय सरकारलाई निर्देशन दिनुपर्ने, महिलाको न्यायमा सुनिश्चित गर्नका लािग बलात्कारका घटनाको उजुरी गर्नका लागि टोलटोलमा हटलाइन सेवाको व्यवस्थापन गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।

यसैगरी विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुुरुप क्वारेन्टिनको व्यवस्थापन महिलामैत्री, बालबालिकामैत्री, अपाङ्गतामैत्री हुुनुुपर्ने, पीडितको र निजको आश्रित परिवारको सुरक्षा र राहत कोषको तत्काल व्यवस्था गर्नुपर्ने, लकडाउनमा महिलामाथि भएका घटनाको एकीकृत तथ्याङ्कको अभिलेख राख्न र अनुुसन्धान प्रक्रियालाई छिटोछरितो र सहज तरिकाले अगाडि बढाउन प्रहरी, महान्याधिवक्ताको कार्यालयलाई निर्देशन दिनुपर्ने विषयमा ध्यानाकर्षण गराइएको छ ।

बलात्कारको घटनामा पीडित भएका व्यक्तिलाई लकडाउनका समयमा शारीरिक जाँचका लागि अस्पताल आउने वातावरण तयार गर्ने र कोरोना सङ्क्रमितको उपचार भएको अस्पतालभन्दा अन्य अस्पतालमा उपचारको व्यवस्था गर्नुपर्ने, अपराधीलाई सजाय दिलाई पीडितको क्षतिपूर्तिको सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  १० : ४० बजे

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि