आज १५० थपिए, सक्रिय संक्रमित ५ हजार ४७७ ( विवरणसहित) | Khabarhub Khabarhub

आज १५० थपिए, सक्रिय संक्रमित ५ हजार ४७७ ( विवरणसहित)


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा मंगलबार थप १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

२७ वटा प्रयोगशालामा ३९६३ जनाको पसीआर परीक्षण गरिएकोमा १५० जनामा कोरोना पोजेटिभ देखिएको हो । हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ४७७ रहेको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

आज कहाँ कति थपिए ?

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापाका २ जना, सर्लाहीका एकजना र उदयपुरका ८ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा इलामका २ जना र सप्तरीका एकजना संक्रमित भएका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका २९ जना, महोत्तरीका १३ जना, नारायणी अस्पताल विरगंजमा पर्साका २ संक्रमित भएका छन् ।

यस्तै भरतपुर अस्पताल प्रयोगशाला चितवनमा गरिएको परीक्षणमा चितवनका ४ जना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा महवनपुरका ५ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा काभ्रेका एकजना र रामेछापका २ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा सर्लाहीका एकजना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा चितवनका एकजना, कैलालीका एकजना, काठमाडौंका ८ जना, महोत्तरीका एकजना, नुवाकोटाका एकजना र सर्लाहीका एकजनामा संक्रमण पुष्टि भएको छ । यस्तै स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा ललितपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गोरखाका ३ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा म्याग्दीका ३ जना, स्याङ्जाका ३ जना र बाग्लुङका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा नवलपरासीका एकजना, भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका ३ जना र दाङका ३ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका एकजना र सल्यानका एकजना, दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ९ जना, चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका एकजना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डोटीका ४ जना संक्रमित भएका छन् ।

यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३ जना, बझाङका ४ जना र कंचनपुरका २० जना संक्रमित भएका छन् ।

२४ घण्टामा थप ६०९ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप ६०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

 

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ४ : ५५ बजे

प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको भेट, नेपाल-रुस सम्बन्धबारे छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु

एमाले सांसद घर्ती भन्छिन्- ‘सगरमाथा संवाद’ जलवायु परिवर्तनको पक्षमा

काठमाडौं- नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले ‘सगरमाथा संवाद’ जलवायु परिवर्तनको

बनाइन्थ्यो लाइसेन्स, सर्टिफिकेट र डिपेन्डेन्ट भिसालाई नक्कली बिहे दर्ता प्रमाण पत्रसम्म

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिकामा किर्ते कागजात बनाउने कारखानामा भेटिएको छ

खरबुजा बिक्रीबाट दैनिक १२ हजार आम्दानी 

कैलाली– कैलालीका विभिन्न नदीबगरमा खरबुजाखेती गरेका किसानको यतिबेला बिक्रीकेन्द्र धनगढी

सबै अमेरिकी वस्तुको भन्सार शुल्क शून्यमा झार्ने भारतको प्रस्ताव : ट्रम्प

काठमाडौं– अमेरिकाबाट आयात हुने सबै वस्तुको भन्सार शुल्क शून्यमा झार्न