आज ६०९ जना कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज « Khabarhub

आज ६०९ जना कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ६०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा धेरै संक्रमित प्रदेश नम्बर २ मा देखिएका छन्। प्रदेश २ मा हालसम्म ४ हजार ८८५ जनालाई कोरोना संक्रमण भएको छ। जससध्ये २ हजार ७६६ जना निको भइसकेका छन्।

प्रदेश नम्बर ५ मा ४ हजार १९८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ३ हजार ८१८ जना संक्रमणमुक्त भएका छन्  । यसैगरी सुदूरपश्चिम प्रदेशमा ४ हजार १२७ जनालाई कोरोना संक्रमण भएको छ। तीमध्ये २ हजार १२९ जना निको भइसकेका छन्।

त्यस्तै, कर्णाली प्रदेशमा १ हजार ५७ जना संक्रमितमध्ये १ हजार ५४० जना संक्रमण मुक्त भइसकेका छन्।

गण्डकी प्रदेशमा हालसम्म १ हजार ४०३ संक्रमितमध्ये १ हजार २० जना संक्रमणमुक्त भएका छन्। बागमती प्रदेशमा ८८२ संक्रमितमध्ये ४५२ जना संक्रमणमुक्त भइसकेका छन्।

प्रदेश १ मा सबैभन्दा कम संक्रमित देखिएका छन्। प्रदेश १ मा हालसम्म ८६० संक्रमितमध्ये ७५२ संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

 

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ४ : २१ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय