वेस्ट इण्डिजविरूद्धको दोस्रो टेष्टमा इंग्ल्याण्डको जीत « Khabarhub

वेस्ट इण्डिजविरूद्धको दोस्रो टेष्टमा इंग्ल्याण्डको जीत


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाहुना टोली वेष्ट इण्डिजविरुद्धको दोस्रो टेष्ट इंग्ल्याण्डले जीतेको छ ।

ओल्ड ट्राफोर्डमा टेष्टको पाँचौं दिन इंग्ल्याण्डले वेष्ट इण्डिजलाई सोमबार १ सय १३ रनले हराएको हो ।

दोस्रो टेष्टमा जीत निकालेसँगै इंग्ल्याण्डले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो टेष्टमा इंग्ल्याण्ड ४ विकेटले पराजित भएको थियो । अब दुई टोलीबीचको अन्तिम तथा तेस्रो टेष्ट शुक्रबारबाट सुरु हुनेछ ।

घरेलु टोलीले दिएको ३ सय १२ रनको चुनौतिपूर्ण लक्ष्यसहित दोस्रो इनिङ्स थालेको वेष्ट इण्डिज अलआउट हुँदै १ सय ९८ रनमा समेटियो ।

इंग्ल्याण्डका बलरसामु वेष्ट इण्डिजका शाम्रह ब्रुक्सले ६२ तथा जेर्मिने ब्लाकवुडले ५५ रनको अर्धशतकीय इनिङ्स खेल्नु बाहेक अन्यले उलेख्य रन जोड्न सकेनन् । कप्तान जासन होल्डर ३५ रनमा आउट भए ।

इंग्ल्याण्डका स्टुवार्ड बोर्डले ३ विकेट लिए । यस्तै डम बेस, क्रिस वोक्स र बेन स्टोक्सले २/२ विकेट लिए ।

यस अघि इंग्ल्याण्डले दोस्रो इनिङ्समा ३ विकेटको क्षतिमा १ सय २९ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गर्दै वेष्ट इण्डिजलाई चुनौतिपूर्ण लक्ष्य दिएको थियो ।

दोस्रो इनिङ्समा इंग्ल्याण्डका लागि बेन स्टोक्सले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान जोय रुटले २२ रन जोड्दा ओली पोपे १२ रनमा अविजित रहे ।

इंग्ल्याण्ड जाक क्रलीले ११ रन बनाए भने जोस बट्लर सुन्य रनमा आउट भए । वेष्ट इण्डिज केमार रोचले २ विकेट लिए । यसअघि पहिलो इनिङ्समा इंग्ल्याण्डले ९ विकेटको क्षतिमा ४ सय ६९ रन बनाएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ६ : २० बजे

बागलुङमा धान उत्पादन बढ्यो

बागलुङ– यस वर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा

यस्तो रहने छ आजको मौसम

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव अधिकारको पूर्ण कार्यान्वयन गर्नु अपरिहार्य आवश्यकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

सार्कको ४०औँ वार्षिकोत्सव मनाइयो 

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को बडापत्रमा हस्ताक्षर गरेको

च्याम्पियन्स लिग : एटलान्टासँग चेल्सी पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी पराजित