क्रिस्टल प्यालेसलाई हराउँदै उल्भ्स प्रिमियर लिगको छटौँ स्थानमा | Khabarhub Khabarhub

क्रिस्टल प्यालेसलाई हराउँदै उल्भ्स प्रिमियर लिगको छटौँ स्थानमा


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब उल्भ्सले युरोपा लिगमा छनोटको सम्भावनालाई कायमै राखेको छ ।

सोमबार राति क्रिस्टल प्यालेसबिरुद्ध २–० को सहज जीत निकाल्दै उल्भ्स तालिकाको शीर्ष ६ क्लबभित्र अटाएको छ । योसँगै उल्भ्सले युरोपा लिगमा छनोटको सम्भावनालाई कायमै राखेको हो ।

क्यास्टेलो पौडेन्सले ४१औं मिनेटमा घरेलु टोली उल्भ्सलाई अग्रता दिलाएका थिए । कास्ट्रो ओटोले ६८ औं मिनेटमा गोल गर्दै उल्भ्सको जीत सुनिश्चित गरेका थिए ।

उल्भ्सले टोटेनहमलाई पछि पार्दै छैटौं स्थानमा उक्लिएको छ । आईतबार चेल्सीबिरुद्ध हुने लिगको अन्तिम खेलले उल्भ्सको गत सिजन भन्दा राम्रो नतिजा हुने-नहुने पक्का गर्नेछ । गत सिजन उल्भ्सले सातौं स्थानमा रहदै लिगको अन्त्य गरेको थियो ।

छैटौँ स्थानको उल्भ्सले ५९ अंक जोडेको छ । उल्भ्स सातौँ स्थानको टोटेनहम भन्दा एक अंकले मात्र अघि छ । क्रिस्टल प्यालेस ४२ अंक सहित १४औं स्थानमा रहदै शीर्ष डिभिजनमा अडिने पक्का गरिसकेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ७ : ४२ बजे

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको