समाचार

धादिङको खबासेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु

By खबरहब

July 21, 2020

धादिङ – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ खबासेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

सोमबार मध्यराति  पहिरोले घर बगाउँदा २५ वर्ष हाराहारीका मिलन खाँण, उनकी  २२ वर्षीया श्रीमती सम्झना र उनीहरूको एक सन्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

पहिरोले बाँकी ५ घर जोखिममा परेपछि त्यहाँ बसोबास गर्नेहरूलाई  सुरक्षित ठाउँमा राखिएको बताइएको छ ।