यस्तो छ आगामी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ) « Khabarhub

यस्तो छ आगामी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्‌मा आगामी बजेटको सिद्धान्त र प्राथमिकता पेश गरेका छन्‌ ।

आइतबार (आज) बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री पौडेलले ‘विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता’ सम्बन्धमा छलफल गर्ने प्रस्ताव पेश गरेका हुन्‌ ।

अर्थमन्त्री पौडेलले संसद्‌ले आजै पारित गरेको ‘सरकारका नीति तथा कार्यक्रम’ बमोजिम नै बजेट ल्याउने बताएका छन्‌ ।

अर्थमन्त्री पौडेलले प्रस्तावमा ‘विकासको ढाँचा, गति र संस्कृति बदल्न, राष्ट्रिय आवश्यकता अनुरूपको आर्थिक सुधार गर्न, उद्यमशीलता, उत्पादन र रोजगारीका थप अवसर सिर्जना गर्दै मानवीय र भौतिक विकासमा तीब्रता दिन र लोकतान्त्रिक मूल्यमा आधारित समाजवादउन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको आधार तयार गर्न सम्पूर्ण स्रोत, साधन र सामर्थ्य परिचालन गर्नु जरुरी रहेको’ लेखेका छन्‌ ।

आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयक प्रस्तुत गर्दा अर्थमन्त्रीले मौलिक हक तथा राज्यका निर्देशक सिद्धान्तको कार्यान्वयन, समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्‍क्षा पुरा गर्न सुदृढ अर्थतन्त्रको निर्माण, विकासमा समन्वय र सहकार्य, सार्वजनिक वित्त सन्तुलन र बजेट अनुशासन, व्यवसायमैत्री वातावरणको सिर्जना र निजी क्षेत्रको लगानी प्रवर्द्धन, सामाजिक सुरक्षाको प्रत्याभूति र नागरिकमैत्री सेवा प्रवाह र सुशासन सिद्धान्तलाई आधार बनाउन आवश्यक ठानेको बताए ।

विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता :

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ४ : १९ बजे

चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र

माइडियाको दसैँ विशेष योजना : ३७ हजार ७०० सम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडौं- नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै माइडियाले विशेष उत्सव

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा