पृथ्वीराजमार्गको तनहुँ खण्ड पनि अवरुद्ध « Khabarhub

पृथ्वीराजमार्गको तनहुँ खण्ड पनि अवरुद्ध


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तनहुँ – आइतबारदेखिको अविरल वर्षापछिको पहिरोले पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्ड पनि आज बिहानदेखि अवरुद्ध भएको छ ।

तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादी र आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा पहिराका कारण राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले दुई ठाउँमा गएको पहिरोका कारण बिहानैदेखि राजमार्ग अवरुद्ध रहेको जानकारी दिए ।

पहिरो हटाएर राजमार्ग सञ्चालनको प्रयत्न भइरहेको र केही समय लाग्ने प्रनाउ तिमिल्सिनाले बताए ।

‘दुई ठाउँमा पहिरो गएका कारण राजमार्ग सञ्चालन गर्न केही समय लाग्छ’, उनले भने, ‘करिब ४०/४५ मिनेटसम्ममा राजमार्ग सञ्चालन हुन्छ ।’

राजमार्ग अवरुद्ध हुँदा पोखरा र मुग्लिङतर्फबाट आउँदै गरेका सवारी साधन रोकिएका छन् ।  पृथ्वी राजमार्गकै धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो जाँदा सोमबारदेखि सो क्षेत्रमा सडक अवरूद्ध भएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ८ : ४७ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको