जुम्लामा नौ हजार घरधुरीमा विद्युत्को पहुँच « Khabarhub

जुम्लामा नौ हजार घरधुरीमा विद्युत्को पहुँच


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको एक नगरपालिकासहित सातवटा गाउँपालिका गरी आठवटा स्थानीय तहका करिब नौ हजार घरधुरीमा विद्युत्को पहुँच पुगेको छ । 

जिल्लाको पातारासी गाउँपालिकाबाहेक यहाँका अन्य पालिकाका ९ हजार घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युतीकरण पुगेको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख ललित मण्डलले जानकारी दिए। 

पातारासी गाउँपालिकाको–१ गडीगाउँमा रहेको चुकेनी जलविद्युत् आयोजनाको ९९८ किलोवाट विद्युत्बाट चन्दननाथ नगरपालिका, गुठीचौर र तातोपानी गाउँपालिकाका–४ बाहेक अन्य वडाका घरधुरीमा विद्युत् सेवाको पहुँच पुगेको छ । 

तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा विद्युत्को केन्द्रीय लाइन विस्तार भएको छ । जिल्लाका ग्रामीण गाउँवस्तीका घरधुरीमा विद्युत् सेवाको पहुँच पुर्‍याउनका लागि काम भइरहेको विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख मण्डलको भनाइ छ । 

जिल्लाको तिला गाउँपालिका–८ र ९ मा केन्द्रीय लाइनको विद्युत् विस्तार भइरहेको छ । बाँकी सबै वडाका घरधुरीमा विद्युत्को पहुँच पुगेको छ । त्यस्तै कनकासुन्दरी गाउँपालिका–१ र २ विद्युत्को लाइन विस्तार गर्नेका लागि अहिले काम भइरहेको विद्युत् वितरण केन्द्रका प्रमुख मण्डलले बताए। 

भौगोलिक रूपमा विकट मानिने पातारासी गाउँपालिका सबैवडामा लघुजलविद्युत्को घरघरमा बत्ती बलेका छन् । ती घरमा पनि चाँडै राष्ट्रिय लाइन जडान गरिने तयारी भइरहेको छ । यहाँका केही गाउँबस्तीमा पोल र तारको अभावमा विद्युत् विस्तारमा ढिलाइ भएको छ । बाँकी रहेका घरधुरीमा पनि विद्युत् विस्तार गरिने विद्युत् वितरण केन्द्र जुम्लाका प्रमुख मण्डलले जानकारी दिए । 

विद्युत् विस्तारसँगै वर्षौंदेखि टुकी र सोलारमा निर्भर रहँदै आएका यहाँका स्थानीयले सहजता अनुभव गरेका छन् । 

‘अब अँध्यारो हटेको छ’, तिला–१ का स्थानीय उपराज रावतले भने, ‘गाउँमै टेलिभिजन, इन्टरनेट चलाउन सकेका छौँ ।’ अब सूचना तथा सञ्चारको पहुँच विस्तारसँगै गाउँलेले देशविदेशको खबर र सूचना सजिलै थाहा पाउने रावतको भनाइ छ ।

जिल्लामा कूल जनसङ्ख्याको हालसम्म ५५ दशमलव ६७ प्रतिशत नागरिक केन्द्रीय विद्युत् सेवाको पहुँचमा पुगेको प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ । 
 

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ७ : १२ बजे

पछाडि पारिएकाको सच्चा पहरेदार बन्न समानुपातिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र

बेनीका १५ विद्यालयको कक्षा घटुवा र एक वटा बन्द

म्याग्दी – म्याग्दीको बेनी नगरपालिकाले यस वर्ष एक वटा विद्यालय

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं – सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सार्वजनिक

नेपाल–चीन कूटनीतिक सम्बन्धबारे पुस्तक प्रकाशित

काठमाडौं – नेपाल र चीन सम्बन्ध समेटिएको ‘सेभेन्टी इयर्स अफ