बुलिङटारमा पहिरोले घर पुरिँदा २ बेपत्ता, बाढीले पिकअप भ्यान बगायो « Khabarhub

बुलिङटारमा पहिरोले घर पुरिँदा २ बेपत्ता, बाढीले पिकअप भ्यान बगायो


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर । पूर्वी नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकाको डाँडाझेरी टाँडीमा पहिरोले घर पुरिँदा २ जना बेपत्ता भएका छन् ।

बुलिङटार गाउँपालिका २ डाडाझेरी टाँडीस्थित शेरबहादुर सार्कीको घर मंगलवार विहान पुरिँदा ७० वर्षीय शेरबहादुर र उनकी श्रीमति बेपत्ता भएको बुलिङटार गाउँपालिकाका अध्यक्ष शशी बस्ताकोटीले जानकारी दिए । सुतेकाबेला बिहान ३ बजेतिर एक्कासी पहिरो खसेर घर पुरेको स्थानीयले बताए ।

बुलिङटारबाट प्रहरीटोली बिहान घटनास्थलतर्फ गएको नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए । पहिरोले पुरेको ठाउँमा पुग्न दुई घण्टा पैदल हिड्नुपर्ने भएकाले प्रहरी घटनास्थल पुगिनसकेको उनले बताए ।

बाढीले पिकअप भ्यान बगायो

पूर्वी नवलपरासीकै विनयी त्रिवेणी ४ स्थित भित्रि सडक खण्डमा दुम्किबासबाट पितरीतर्फ जाँदै गरेको लु २ च ६१७१ नम्बरको पिकअप भ्यान स्थानीय खहरे खोलाले बगाएको छ । गएराती बाढीले बगाएको पिकअप २५ मिटर तल फेला परेको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले बताए । घटनामा मानवीय क्षति भने नभएको खाँडले जानकारी दिए ।

बोटेबस्तीका ३० घर डुबानमा

नवलपुरकै गैडाकोट नगरपालिका २ स्थित बोटेबस्तीका ३० घर डुबानमा परेको छ । प्रजिअ घिमिरेले सोमबार बेलुका बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ९ : ३६ बजे

आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै

काठमाडौं– आज विश्वका विभिन्न मुलकमा अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै छ

गलकोट दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै

बागलुङ– एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार अवलोनक

कर्णालीको विकासका लागि पाँच बुँदे प्रतिबद्धता

कर्णाली– कर्णाली प्रदेश सरकारसहित सरोकार भएकाहरूले प्रदेशको विकासका लागि पाँच

दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै : सन्दीपको बलिङलाई कसले रोक्ने ?

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स

मनोनयन दर्ता गर्दा उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने

काठमाडौं – अब निर्वाचन अगाडि मनोनयन पदत्र दर्ता गर्दा उम्मेदवारले