सुशान्त सिंह राजपूतमाथि फिल्म बन्दै, शीर्ष भूमिकामा टिकटक स्टार « Khabarhub

सुशान्त सिंह राजपूतमाथि फिल्म बन्दै, शीर्ष भूमिकामा टिकटक स्टार


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि भइरहेको बहसका बीच उनको जीवनमा आधारित फिल्म बन्ने भएको छ ।

‘सुसाइड या मर्डर’ नामक फिल्मको शीर्ष भूमिकामा सुशान्त झैं देखिने टिकटक स्टार सचिन तिवारीले अभिनय गर्ने भएका छन् । यो फिल्म केही हदसम्म सुशान्तको जीवनमा आधारित हुनेछ ।

उत्तर प्रदेशका सचिनले आफ्नो इन्स्टाग्राममार्फत यस्तो जानकारी दिएका हुन् । फिल्ममा उनले ‘आउटसाइडर’ को भूमिका निभाउने छन् ।

फिल्मको निर्देशक शमिक मौलिकले गर्नेछन् । फिल्मको घोषणासँगै सचिन एकाएक चर्चामा आएका छन् ।

यो फिल्मलाई वर्षको अन्तिमसम्म रिलिज गर्ने तयारी थालिएको छ । फिल्मलाई सुशान्तको बायोपिक नभएको र प्रभावित फिल्म भनिएको छ ।

फिल्मले बाहिरी कलाकारलाई ठूलो उद्योगमा कस्तो समस्या भोग्नुपर्छ र नेपोटिज्मले कस्तो प्रभाव पारेको हुन्छ भन्ने कथा देखाउनेछ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  १० : ४१ बजे

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,