सुशान्त सिंह राजपूतमाथि फिल्म बन्दै, शीर्ष भूमिकामा टिकटक स्टार « Khabarhub

सुशान्त सिंह राजपूतमाथि फिल्म बन्दै, शीर्ष भूमिकामा टिकटक स्टार


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि भइरहेको बहसका बीच उनको जीवनमा आधारित फिल्म बन्ने भएको छ ।

‘सुसाइड या मर्डर’ नामक फिल्मको शीर्ष भूमिकामा सुशान्त झैं देखिने टिकटक स्टार सचिन तिवारीले अभिनय गर्ने भएका छन् । यो फिल्म केही हदसम्म सुशान्तको जीवनमा आधारित हुनेछ ।

उत्तर प्रदेशका सचिनले आफ्नो इन्स्टाग्राममार्फत यस्तो जानकारी दिएका हुन् । फिल्ममा उनले ‘आउटसाइडर’ को भूमिका निभाउने छन् ।

फिल्मको निर्देशक शमिक मौलिकले गर्नेछन् । फिल्मको घोषणासँगै सचिन एकाएक चर्चामा आएका छन् ।

यो फिल्मलाई वर्षको अन्तिमसम्म रिलिज गर्ने तयारी थालिएको छ । फिल्मलाई सुशान्तको बायोपिक नभएको र प्रभावित फिल्म भनिएको छ ।

फिल्मले बाहिरी कलाकारलाई ठूलो उद्योगमा कस्तो समस्या भोग्नुपर्छ र नेपोटिज्मले कस्तो प्रभाव पारेको हुन्छ भन्ने कथा देखाउनेछ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  १० : ४१ बजे

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार

‘पिपल्स च्वाइस’मा पाँच खेलाडीको नाम सार्वजनिक

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने पल्सर

गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित

गुल्मी – प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा

निर्वाण-प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य फिल्म ‘टनेल २६’, टिजरमा देखिए अनुप र आना

काठमाडौं – नायक प्रदीप खड्का र भुटानका चर्चित कलाकार संगय