स्तनपान नगराए आमा र शिशु दुबैलाई जोखिम ! « Khabarhub

स्तनपान नगराए आमा र शिशु दुबैलाई जोखिम !


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक शिशुका लागी सबैभन्दा महत्वपूणै आहार हो, आमाको दूध । आमाको दूधमा जस्तो पोषण अन्य केहिबाट पाउन सकिदैन ।

तसर्थ शिशुको जीवन नै आमाको दूधमा रहेको हुन्छ । तर आधुनिकताका नाममा आजकल केहि आमाहरु आफ्ना शिशुलाई स्तनपान गराउन चाहदैनन् । आफ्नो शरीर बिग्रने नाममा शिशुलाई स्तनपान नगराउँदा शिशु मात्र होइन आमालाई पनि हानि हुने गर्दछ ।

यस्ता छन् स्तनपानका फाइदा तथा नगराउँदाका बेफाइदा :

१. आमाको दूध जहिले पनि शिशुका लागी सफा, तयार र सही तापक्रमको हुन्छ ।
२. स्तनपान गराउन खर्च पनि लाग्दैन ।
३. स्तनपानले सुत्केरी भएपछि जाने रगत जाने प्रक्रियालाई रोक्दछ ।
४. बच्चालाई स्वस्थ र तन्दुरुस्त पार्न आमाको दूध सबभन्दा उत्तम आहार हो ।
५. स्तनपानले बच्चालाई मधुमेह, क्यान्सर, पखाला र निमोनियाजस्ता रोगबाट बचाउँछ ।
६. दूधबाट आमाको रोग प्रतिरोधात्मक शक्ति बच्चामा सर्ने गर्दछ ।
७. स्तनपानले आमालाई क्यान्सर र हड्डी कमजोर हुने रोगहरुबाट जोगाउँछ ।
८. आमाको दूध अलावा अन्य दूध शिशुलाई एलर्जी हुने खतरा उच्च हुन्छ ।
९. स्तनपानले शिशुको नाक र घाँटीमा प्रतिरोधी छाला बनाइदिन्छ ।
१०. स्तनपान गराउँदा शिशुको बौद्धिक क्षमता बृद्धि हुन्छ ।
११. स्तनपान गराउने आमा र शिशुबीच भावनात्मक सम्बन्ध बलियो हुन्छ ।
१२. स्तनपानले चाँडै गर्भवति हुनबाट बचाउँछ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  १० : २४ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको