नेकपा स्थायी कमिटी बैठक दिउँसो १ बजेका लागि सर्‍यो « Khabarhub

नेकपा स्थायी कमिटी बैठक दिउँसो १ बजेका लागि सर्‍यो


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक मंगलबार दिउँसो १ बजेका सम्मका लागि सरेको छ ।

आज विहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका सम्मका लागि सरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका नेकपाका प्रचारविभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पद र पार्टी अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने विषयले विवादमा अल्झिएको नेकपामा यो विषयमा अझै कुनै सहमति जुटेको छैन । बरु नेताहरु गुटगत भेलामा व्यस्त छन् ।

सोमबार पनि प्रचण्ड निवास खुमलटारमा उनी निकटका नेताहरुको बैठक बसेको थियो भने सो बैठकले ओलीले दुई मध्य एक पद छाड्नैपर्ने निष्कर्ष निकालेको छ ।

यसअघि बसेको सचिवालय बैठकमा अर्लि महाधिवेशनको प्रस्ताव ओलीले ल्याएपछि नेकपाभित्र थप हलचल मच्चिएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  १० : ४८ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको