राखेप सदस्य सचिवका दाबेदार सिलवालविरुद्ध मन्त्रीसमक्ष उजुरी « Khabarhub

राखेप सदस्य सचिवका दाबेदार सिलवालविरुद्ध मन्त्रीसमक्ष उजुरी


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निवर्तमान सदस्य सचिव तथा अहिले सदस्य सचिवका मुख्य दाबेदारका रुपमा रहेका रमेशकुमार सिलवालविरुद्ध उजुरी परेको छ ।

उनीविरुद्ध युवा तथा खेलकुद मन्त्रालयमा उजुरी परेको हो ।

नेपाल उशु संघका उपाध्यक्ष तथा खेलकुद महासंघका उपाध्यक्ष रहेका जनक बढ्तौलाले सिलवालले काठमाडौं, पोखरा र जनकपुरमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा अनियमितता गरेको भन्दै मन्त्रीको कार्यालयमा उजुरी दिएका हुन् ।

उनले उजुरीमा लेखेका छन्, ‘साग आयोजना गर्दा भ्रष्टाचार गरेको आरोप लाग्दै अख्तियारमा उजुरी परेको व्यक्ति राखेपमा आउनु हुँदैन ।

खेलकुद जस्तो पवित्र संस्थामा यस्तो व्यक्ति पुन: आउँदा खेलाडी, खेल संस्था कसैलाइ पनि राम्रो नहुने र भ्रष्टाचार अझ मौलाउने भएकाले सिलवाल आउनु हुँदैन ।’

राखेप सदस्य सचिवका लागि ३ जना महिलासहित २७ जनाले आवेदन दिएका छन् । जसमा नेकपाका केन्द्रीय सदस्य लिलबहादुर थापा मगर, महासंघका केन्द्रीय सदस्य मेघराज पौडेलदेखि निवर्तमान सदस्य सचिव सिलवालले आवेदन दिएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  १२ : ४४ बजे

काठमाडौंमा दुईदिने थारू राष्ट्रिय माघी महोत्सव हुने

काठमाडौं– थारु समुदायको महान पर्वका रूपमा रहेको माघीलाई लक्षित गर्दै

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

कपिलवस्तु-  वाणगंगा नगरपालिका-१० भावपुरस्थित रोयल सिटी कटेज एण्ड रेष्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा

महेश बस्नेतको जिकिर : रवि-बालेन ‘पानीका फोका’ मात्रै, एमालेलाई कसैले रोक्न सक्दैन

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी

गगनको संकल्प : मन्त्रिपरिषद्का निर्णय अख्तियारको छानबिन दायरामा ल्याउँछौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मन्त्रिपरिषद् बैठकका निर्णयहरू पनि

प्रदेश मन्त्रिपरिषद् बैठक : प्रवक्तामा मन्त्री राय

जनकपुरधाम– मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सो सरकारको प्रवक्तामा प्रदेशका स्वास्थ्य