इजिप्टको संसदद्वारा लिबियामा सेना पठाउन स्वीकृत « Khabarhub

इजिप्टको संसदद्वारा लिबियामा सेना पठाउन स्वीकृत


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कायरो – इजिप्टको संसदले मुलुकबाहिर सेना परिचालन गर्ने एउटा प्रस्तावलाई सोमबार स्वीकृति दिएको छ । राष्ट्रपति अब्देल फातेह–अल सिसीले लिबियामा टर्कीको समर्थनप्राप्त सैन्यबल विरुद्ध सैन्य कारबाही गर्ने धम्की दिएलगत्तै संसदले यस्तो निर्णय गरेको हो ।

संसदद्वारा जारी वक्तव्यमा इजिप्टको राष्ट्रिय सुरक्षा गर्न एवं आपराधिक सशस्त्र लडाकू एवं विदेशी आतंकवादी तत्व विरुद्ध कारबाही गर्ने गरी इजिप्टको सेनालाई देश बाहिर पनि सैन्य कारबाही गर्न सर्वसम्मत निर्णय गरिएको उल्लेख छ ।

इजिप्टको संसदमा राष्ट्रपति अल–सिसी पक्षधरहरुको भारी बहुमत छ । प्राप्त समाचार अनुसार इजिप्टको सेनालाई लिबियाको पश्चिमी मोर्चामा तैनाथ गरिने छ ।

इजिप्टको पछिल्लो कदमले इजिप्ट र टर्कीबीच पहिलो पटक प्रत्यक्ष गतिरोध उत्पन्न हुने खतरा बढाएको छ किनभने लिबियाको गृहयुद्धमा सक्रिय परस्पर विरोधी दुई समूहलाई इजिप्ट र टर्की दुबैले समर्थन गरिरहेका छन् ।

इजिप्टसँग युद्धग्रस्त लिबियासँग सहारा मरुभूमिको खुला सीमा रहेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  १ : १८ बजे

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध

‘आचार्य’को गीत ‘लै बरी लै’मा रोमान्टिक निखिल

काठमाडौं – एक्सन नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचार्य’को