रातो खोलाले बगाएर बेपत्ता « Khabarhub

रातो खोलाले बगाएर बेपत्ता


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर – रातो खोलाले आज एक स्थानीय व्यक्तिलाई बगाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीका अनुसार महोत्तरी जिल्लाको भंगहा नगरपालिका –६ बस्ने ४० वर्षीय वरेन्द्र कापरलाई बिहान करीब साढे १० बजे खोलाले बगाएको हो ।

धनुषाको जनकपुरबाट साइकलमा चढी आफ्नो घर जाँदै गरेका कापर बलवा नगरपालिका–११ स्थित भगवतीपुर र कविलासाका बीचमा पर्ने खोला सवारी साधन काँधमा राखी तर्न लागेपछि अचानक आएको बाढीले बगाई बेपत्ता भएका हुन् ।

कापरलाई सयौंँ स्थानीयवासी र प्रहरीको टोलीले व्यापक खोजतलास गरे पनि अझै फेला परिनसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  १ : ३० बजे

पोर्चुगल राष्ट्रपति चुनाव : कट्टर–दक्षिणपन्थी भेन्टुरा रनअफमा

एजेन्सी – कट्टर–दक्षिणपन्थी लोकप्रियतावादी दलका नेता आन्द्रे भेन्टुराले आइतबार सम्पन्न

योगेशले भने : एमालेलाई जिताउन सबै जुटौँ, ओलीसँग फागुनको चुनावपछि कुरा गरौँला

काठमाडौं– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एकताबद्ध भएर निर्वाचनमा जुट्न

करिब ६२ करोडको लागतमा भक्तपुर अस्पतालको भवन बन्दै

भक्तपुर– बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक एवं

अनशनरत स्वास्थ्यकर्मी र सरकारबीच पाँच बुँदे सहमति 

काठमाडौं– स्वास्थ्यकर्मीको आमरण अनशन सरकारसँगको पाँच बुँदे सहमतिपछि आइतबार साँझ

झापा पुगेका ओली बालेनबारे मौन, चुनावी सुरक्षाबारे उठाए प्रश्न

काठमाडौं- फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार हुने उम्मेदवारी