‘काँग्रेसमा संस्थापन इतरबाट एक मात्र सभापतिको उम्मेदवार हुने’ « Khabarhub

‘काँग्रेसमा संस्थापन इतरबाट एक मात्र सभापतिको उम्मेदवार हुने’


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट एक जना मात्र सभापतिको उम्मेदवार हुने बताएका छन् ।

बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले ३८औँ बिपी स्मृति दिवसका अवसरमा आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले आफूहरुको समूहबाट को सभापतिको उमेदवार बन्ने भन्ने छलफल भइरहेको स्पष्ट पारे ।

“कांग्रेसको नेतृत्व परिवर्तन गर्ने हो भने कसैले पनि म होइन, हामी भनेर लाग्नुपर्छ”, उनले भने ।

राजनीतिमा लागेपछि पार्टी सभापति हुने इच्छा सबैलाई हुन्छ भन्दै उनले अहिलेको अवस्थामा कांग्रेसमा नेतृत्व परिवर्तन आवश्यक रहेकाले वा इतर पक्ष एक ठाउँ हुनुपर्नेमा जोड दिए ।

महामन्त्री कोइरालाले काँग्रेसको नेतृत्व परिवर्तनका लागि सबैले त्यागको भावना देखाउने बेला आएको बताउँदै महाविधेशनको मिति तय भइसकेपछि त्यसलाई प्रभावित पार्न सभापतिले विभाग गठन गरिरहेको आरोप लगाए ।

महाधिवेशन हुनका लागि मात्र आठ महिना बाँकी रहेको अवस्थामा विभागमा नियुक्त भएका साथीहरुले के काम गर्न सक्छन् भनी प्रश्न गर्दै उनले आफूले सभापतिलाई सधैँ सहयोग गरेको तर उनले ‘पार्टीमा एकलौटी गर्न नछाडेकाले’ आफू पनि सभापतिविरुद्ध लाग्न बाध्य भएको स्पष्ट पारे ।

महामन्त्री कोइरालाले अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग प्रतिस्पर्धाका लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेकामा जोड दिँदै पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व परिवर्तन आवश्यक रहेको बताए । उनले काँग्रेस र मुलुक अब बिपी कोइरालाले देखाएको राजनीतिक, आर्थिक तथा सामाजिक परिवर्तनको बाटामा हिँड्न आवश्यक रहेको बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य दिलबहादुर धर्ती, बद्री पाण्डे, गगनकुमार थापालगायतले बिपीको योगदानको चर्चा गरेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  १ : ५९ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय